Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

बाढ़ी नियन्त्रण कार्य रोकिँदा पुनः दुःख भोग्नुपर्ने आशङ्का

54 वटा कार्यका लागि एक महीनाअघि सिँचाइ विभागले 80 करोड़ रुपियाँको टेण्डर आह्वान गरेको थियो। त्यसअनुसार दरपत्र पनि प्रस्तुत गरिएको थियो। तर चुनाउ आचारसंहिताका कारण ती कार्यहरू रोकिएका छन्। समयमा कार्य पूरा नभएमा टिस्टा, तोर्सा, महानन्दा र बालासन नदी किनारमा बसोवास गर्ने मानिसहरूले फेरि दुःख भोग्नुपर्ने आशङ्का गरिएको छ। बाढ़ी नियन्त्रण सम्बन्धी कार्य तुरुन्त आरम्भ […]
Read more

महाकाल धाममा हात्तीको बथान

हात्तीको बथान देखा परेपछि बुधवार दिउँसो महाकाल धाममा पूजा बन्द गरियो। लगभग 15 वटा हात्तीको एउटा समूह लाटागुड़ीबाट चाल्सातर्फ जाने राष्ट्रिय सड़क पार गर्ने क्रममा अड़किएको थियो। दिउँसोदेखि साँझसम्म चरण–चरणमा उक्त समूहलाई गोरुमारा जङ्गलतर्फ धपाउन वनकर्मीहरूलाई निकै कठिन भयो। लाटागुड़ी रेञ्जका वनकर्मीहरूले हात्तीहरूको गतिविधिमाथि निगरानी गरिरहेका थिए।उक्त दिन दिउँसो लगभग साढ़े दुई बजी लाटागुड़ी जङ्गलको […]
Read more

नगरकट्टाको 30 घर जलमग्न

गत वर्षको 4 अक्टोबरको विपत्तिको पुनरावृत्तिको डरले रातभरि बामनडाङ्गा चियाबारीको मोडल भिलेजसहित सम्पूर्ण नगराकट्टाका वासिन्दाहरूले जाग्राम बसेर रात बिताए। राति निरन्तर अत्यधिक वर्षा भयो। हड्पा बाढ़ीका कारण सुखानी र राङ्गाती नदीको जलस्तर बढ़ेर विभिन्न क्षेत्रमा पस्यो। यसले 30 वटा घर जलमग्न भए। पानीको तीव्र बहाउले नदीका केही गार्डवाल पनि भत्किएका छन्। धेरै कल्भर्टहरू भत्किँदा यातायात […]
Read more

टुर अपरेटरहरूलाई मध्याह्न भोजनमा सिस्नु अनि गुन्द्रुक

बुधवार खरसाङका सम्बन्धित दर्शनीय स्थानहरू देशका विभिन्न भागका टुर अपरेटरहरूलाई घुमाइयो। वन विभागसित संयुक्त रूपमा यस्तो आयोजना गरेको हो दार्जीलिङ हिमालयन रेलवेको प्राधिकरणले। साथै मध्याह्न भोजनमा सिस्नुको झोल, ढेकी साग, गुन्द्रुक आदि स्थानीय परिकारहरू पनि समावेश थिए। दार्जीलिङ हिमालयन रेलवेको भनाइअनुसार विश्वभरिका पर्यटकहरूसमक्ष खरसाङलाई प्रस्तुत गर्न नै यस्तो पहल गरिएको हो।देशका विभिन्न भागका टुर अपरेटरहरूसित […]
Read more

मैनागुड़ी ट्राफिक पोइण्ट दुर्घटनामा 6 घाइते

जालपाइगढ़ी जिल्लाको मैनागुड़ीमा बुधवार राति एउटा भयावह सड़क दुर्घटना भएको छ। इन्दिरा मोड़ नजिकैको क्षेत्रमा एकैसाथ तीनवटा वाहनहरू आपस्तमा ठोक्किँदा कम्तीमा छजना घाइते भएका छन्। दुर्घटनामा सड़कको ट्राफिक पोइण्टलाई पनि व्यापक क्षति पुगेको छ।प्राप्त जानकारीअनुसार, बुधवार राति एउटा ट्रक धूपगुड़ीदेखि जालपाइगढ़ीतर्फ जाँदै थियो। अर्को दिशाबाट एउटा यात्री वाहक सानो चारचक्के वाहन आउँदै थियो। इन्दिरा मोड़ […]
Read more

रात परेपछि ढुङ्गाको वर्षा! अदृश्य सन्त्रास

राति आठ बज्ने बित्तिकै त्यो ताण्डव आरम्भ हुन्छ। चारैतिर सुनसान हुन्छ तर अचानक वर्षाझैं ढुङ्गा घरको टिनको छानामाथि खस्न थाल्छ। बितेको एक हप्तादेखि नगराकट्टाको सुल्कापाड़ा बजार नजिकैको फकिरधुरा गाउँ मानौँ कुनै रहस्यमय आक्रमणकारीको निशानामा परेको छ। यस अदृश्य ढुङ्गा वर्षाका कारण गाउँका धेरै घरहरूको टिनको छानामा प्वाल परेको छ।गाउँका वासिन्दाहरूले बताएका छन् कि रात पर्न […]
Read more

पारडुबीमा दम्पत्तीको निर्मम हत्या

दम्पत्तीको रगतले लतपतिएको शव फेला परेको थियो (पारडुबी डबल मर्डर मिस्ट्री)। माथाभाङ्गा 2 ब्लकको पारडुबी ग्राम पञ्चायतअन्तर्गत तेतुलतला क्षेत्रमा यस घटनाले ठूलो सनसनी मच्चाएको छ। घरभित्रबाट रहिमुद्दीन बस्तादार (60) र तिनकी पत्नी आसिया बिबी (50) को क्षतविक्षत शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा पुलिसले दुवैको घाँटी काटेर निर्ममतापूर्वक हत्या गरिएको अनुमान गरेको छ।यो दोहोरो […]
Read more

सिक्किम विकास र वातावरण संरक्षणको नमुना

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार भने कि सिक्किम विकास, सांस्कृतिक सद्भाव र वातावरण संरक्षणको सशक्त उदाहरणका रूपमा उभिएको छ। तिनले गान्तोकमा आयोजित राज्यको 50औँ राज्यत्व वर्षको समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। स्वर्ण जयन्ती कार्यक्रममा ठूलो सङ्ख्यामा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिक्किमका जनतासित आफ्नो भावनात्मक सम्बन्ध, भारतको भविष्यको विकासमा उत्तरपूर्व क्षेत्रको महत्त्व तथा हिमाली […]
Read more

मेडिकल कलेजमा फ्रिजर बिग्रेपछि सङ्कट

सबैजना चुनाउमा अत्यन्त व्यस्त छन्। त्यसैको प्रभाव स्वरूप उत्तर बङ्गाल मेडिकल कलेजमा चरम अव्यवस्थाको चित्र देखिएको छ। पछिल्लो चार दिनदेखि मर्गको फ्रिजर बिग्रिएको अवस्थामा छ। तर पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित संस्था मरम्मतीका लागि आएको छैन।फ्रिजर बिग्रिएको कारण मर्गमा राखिएका शवहरू सड्न थालेका छन् र त्यसबाट निस्किएको दुर्गन्ध चारैतिर फैलिरहेको छ। स्थिति यति भयावह बनेको […]
Read more

भाजपालाई मतदान गर्न केन्द्रीय सुरक्षाबलको दबाउ? विरोध गरेपछि वृद्धालाई कुटपिट

उत्तर दिनाजपुर जिल्लाको चोपड़ाको मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बलमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनामा एक वृद्धा र तिनका भतिजा घाइते भएका छन्। बिहीवार उक्त घटना क्षेत्रको 162 नम्बर बुथमा भएको हो। सम्पूर्ण घटनाबारे तृणमूल कङ्ग्रेसले सामाजिक सञ्जालमा कठोर प्रतिक्रिया जनाएको छ।स्थानीय सूत्रअनुसार झरीमन नेसा नामक वृद्धा आफ्ना भतिजासित मतदान गर्न उक्त बुथमा पुगेकी थिइन्। […]
Read more
1 6 7 8 9 10 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.