Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

महाकाल धाममा हात्तीको बथान

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

हात्तीको बथान देखा परेपछि बुधवार दिउँसो महाकाल धाममा पूजा बन्द गरियो। लगभग 15 वटा हात्तीको एउटा समूह लाटागुड़ीबाट चाल्सातर्फ जाने राष्ट्रिय सड़क पार गर्ने क्रममा अड़किएको थियो। दिउँसोदेखि साँझसम्म चरण–चरणमा उक्त समूहलाई गोरुमारा जङ्गलतर्फ धपाउन वनकर्मीहरूलाई निकै कठिन भयो। लाटागुड़ी रेञ्जका वनकर्मीहरूले हात्तीहरूको गतिविधिमाथि निगरानी गरिरहेका थिए।
उक्त दिन दिउँसो लगभग साढ़े दुई बजी लाटागुड़ी जङ्गलको महाकाल धामनजिक हात्तीको बथान आइपुगेको थियो। केही हात्तीहरूले सड़क पार गरे पनि बाँकी अड़किएका थिए। खबर पाएपछि पूजा बन्द गरेर महाकाल धामका सेवकहरू मन्दिरबाट बाहिर निस्किए। दुवैतर्फ वाहनको आवागमनका कारण हात्तीहरूको आवतजावतमा अवरोध उत्पन्न भयो। यसैबीच एउटा गाड़ीबाट ओर्ह्लिएर दुई महिला हात्तीको अगाड़ि पुगे। तर सौभाग्यवश तिनीहरूको ज्यान जोगिएको छ।
खबर पाएपछि लाटागुड़ी रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे। दुवैतर्फ वाहन आवागमन बन्द गरेर हात्तीहरूको समूहलाई बाँकी हात्तीहरूसित मिलाउने प्रयास गरिए पनि केही वाहनको हर्नको आवाजले हात्तीहरू उत्तेजित भए। गोरुमारा दक्षिण संयुक्त वन व्यवस्थापन समितिका उपाध्यक्ष सुवल पाइकले भने, संरक्षित वन क्षेत्रमा यसरी वन्यजन्तुको अगाड़ि हर्न बजाउनु कदापि उचित होइन। लाटागुड़ीका रेञ्जर सञ्जय दत्तले भने, वनकर्मीहरूले हात्तीहरूको गतिविधिमाथि निगरानी गरिरहेका छन्। कुनै सवारी साधनले वन्यजन्तुलाई दुःख पुर्यानए कानूनी कारवाही गरिनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.