Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

टुर अपरेटरहरूलाई मध्याह्न भोजनमा सिस्नु अनि गुन्द्रुक

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बुधवार खरसाङका सम्बन्धित दर्शनीय स्थानहरू देशका विभिन्न भागका टुर अपरेटरहरूलाई घुमाइयो। वन विभागसित संयुक्त रूपमा यस्तो आयोजना गरेको हो दार्जीलिङ हिमालयन रेलवेको प्राधिकरणले। साथै मध्याह्न भोजनमा सिस्नुको झोल, ढेकी साग, गुन्द्रुक आदि स्थानीय परिकारहरू पनि समावेश थिए। दार्जीलिङ हिमालयन रेलवेको भनाइअनुसार विश्वभरिका पर्यटकहरूसमक्ष खरसाङलाई प्रस्तुत गर्न नै यस्तो पहल गरिएको हो।
देशका विभिन्न भागका टुर अपरेटरहरूसित मङ्गलवारदेखि यो भ्रमण आरम्भ गरिएको थियो। यसमा 15 जना टुर अपरेटर सहभागी थिए। दोस्रो दिनको भ्रमणमा बाघीरास ट्रेल टुर अपरेटरहरूलाई अवलोकन गराइयो। उक्त टुर अपरेटर टोलीका एक सदस्य तथा एसोसिएशन फर कञ्जर्भेशन एण्ड टुरिज्मका संयोजक राज बसुले बताए, खरसाङका जङ्गलमा मेलानिस्टिक’ कालो चितुवाको पटक–पटक देखा परेको छ। त्यसैले पछिल्लो समय यस क्षेत्रलाई बाघीरास ट्रेल नामले चिनिन थालेको हो। पर्यटन उद्योगको विकास गर्न उक्त मार्गमा टुर अपरेटरहरूलाई लगिएको हो।
यसबाहेक दार्जीलिङ हिमालयन रेलवेको सङ्ग्रहालय, डाउहिल वन, विभिन्न चियाबारीहरूमा पनि तिनीहरूलाई घुमाइयो। जङ्गलका बाटोहरूमा स्थानीयहरूसित प्रातः भ्रमण गराइयो। टोय ट्रेनमा पनि यात्रा गरियो। साथै तिनीहरूलाई स्थानीय संस्कृति, परम्परा र पोशाकसमेत प्रस्तुत गरियो। मध्याह्न भोजनमा भात, दाल, माछा, मासुसितै गुन्द्रुक, रायोको सागसहित विभिन्न प्रकारका साग–सब्जी जस्ता स्थानीय परिकारहरू राखिएको थियो। त्यसको अतिरिक्त सिस्नु, ढेकी साग, धनियाँको चटनी आदि पनि सामेल थिए। सिस्नुको हरियो झोलले पेट सफा राख्न सहयोग गर्छ। यसबाहेक यहाँ टी टुरिज्मको सर्किट पनि रहेको छ।
पहाड़की रानी’ दार्जीलिङ क्रमशः गतिशील बन्दै गइरहेको छ। घूमदेखि दार्जीलिङ मार्गमा तीव्र ट्राफिक जाम हुने गर्दछ। यस्तो अवस्थामा पहाड़ क्षेत्रमा नयाँ पर्यटन केन्द्र विकास गर्ने पहल धेरै पहिलेदेखि हुँदै आइरहेको हो। मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यस विषयमा धेरैपल्ट प्रशासनिक बैठकमा निर्देशन दिएकी छन्। यस्तो पृष्ठभूमिमा खरसाङ पहाड़लाई विश्वभरि प्रस्तुत गर्न वन विभाग र दार्जीलिङ हिमालयन रेलवे इच्छुक छन्। डीएचआरका निर्देशक ऋषभ चौधुरीले भने, खरसाङ केवल ट्राञ्जिट पोइण्ट मात्र होइन। बाघीरास ट्रेलमार्फत यहाँ पर्यटकहरूलाई रोकिन प्रेरित गर्न चाहन्छौँ। यहाँको अनुभवबाट समृद्ध भई तिनीहरूलाई दार्जीलिङ पुग्न अझ उत्साहित बनाउन खोजिएको छ। एसोसिएशन फर कञ्जर्भेशन एण्ड टुरिज्मका संयोजकले भने, दार्जीलिङ जानअघि पर्यटकहरूले खरसाङमा कम्तीमा दुई रात बिताऊन् भन्ने प्रयास भइरहेको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.