लालकोठीको जीटीए बैठकलाई लिएर विवेक गोलेको प्रश्न, जनताको राजनीतिक आकांक्षा प्राथमिकतामा राख्न आग्रह

लालकोठीमा सम्पन्न जीटीए सभाको बैठकलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका २३ नम्बर समष्टिका संयोजक विवेक गोलेले विभिन्न प्रश्न उठाएका छन्। उनले निर्वाचित सभासद्हरूले पद र कुर्सीभन्दा जनताको राजनीतिक आकांक्षा तथा भविष्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

गोलेले छुट्टै राज्य गोर्खाल्यान्ड र स्थायी राजनीतिक समाधानको मागलाई केन्द्रमा राख्दै केन्द्र सरकार तथा सम्बन्धित सरोकारवालासँग अर्थपूर्ण र समयबद्ध वार्ता अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

साथै, उनले बैठकमा सहभागी सभासद्हरूलाई सर्वदलीय वा सर्वपक्षीय बैठक बोलाएर आफ्नो राजनीतिक धारणा स्पष्ट पार्न आग्रह गरेका छन्। जीटीए सञ्चालनसम्बन्धी पछिल्ला अभिव्यक्तिलाई लिएर उनले नेताहरूको विगतको अडान र वर्तमान व्यवहारबीच देखिएको विरोधाभासबारे पनि प्रश्न उठाएका छन्।

“कुर्सीभन्दा माथि जनता, पदभन्दा माथि जनता” भन्दै गोलेले जनताको राजनीतिक आकांक्षाभन्दा कुनै पनि पद ठूलो हुन नहुने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *