ग्राम कल्याण समिति क्रिकेट बजार तीनधारेको आयोजनामा तीन दिवसीय गणेश चतुर्थी पूजा रामेश्वर शिवालय मन्दिर क्रिकेट बजारमा सम्पन्न हुने भएको छ। उक्त तीन दिवसीय गणेश चतुर्थी पूजा आगामी 14 सेप्टेम्बरदेखि 16 सेप्टेम्बरसम्म आयोजना गरिने भएको छ। यस विषयमा तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर तीन दिवसीय गणेश चतुर्थी पूजा आयोजक समितिको तर्फबाट पूजा विषयमा विस्तृत जानकारी गराएका छन्। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै गणेश चतुर्थी पूजा आयोजक समितिको तर्फबाट सभापति सब्बु राईले तेस्रो गणेश चतुर्थी पूजा आगामी 14 सेप्टेम्बरदेखि शुरु हुने र पहिलो दिन तीनधारेको ब्लु डायमण्ड अंग्रेजी स्कूल परिसरदेखि गोलाई पाखास्थित राधाकृष्ण मन्दिर परिसरसम्म भगवान गणेशको मूर्ति परिक्रमा गरिने भएको छ। यसको साथै दोस्रो दिन रामेश्वर शिवालय मन्दिर परिसरमा बिहान 10 बजीदेखि पूजा अर्चना गरेर साभझमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। यसको साथै तेस्रो दिन गणेश चतुर्थी पूजाको समापन र भगवान गणेशको मूर्ति दुधे खोलमा विसर्जन गरिने भएको जानकारी गराएका छन्। यसको साथै गणेश चतुर्थी पूजा आयोजक समितिकी सचिव सिर्जना तामाङले तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा आयोजित तीन दिवसीय गणेश चतुर्थी पूजाको दोस्रो दिन 15 सेप्टेम्बरमा विद्यार्थी नानीहरुलाई लिएर विभिन्न सांस्कृतिक र प्रतियोगितामूलक कार्यक्रमको आयोजना गरिने भएको जानकारी गराएकी छन्। उनले बताए अनुसार चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर नेपाली र अङ्ग्रेजी भाषामा हेण्डराईटिङ प्रतियोगिता र पाँचौंदेखि आठौं श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता आयोजना गरिने जसमा भगवान गणेशको मूर्तिको नक्सा बनाउनु पर्ने हुन्छ। त्यसरी नै नवौँ र दशौँ श्रेणीसम्मका विद्यार्थीहरुलाई लिएर निबन्ध प्रतियोगिता आयोजना गरिने जसमा नानीहरुले दशैं तिहार विषयमा चित्र बनाउनु पर्ने भएको छ।


