लामो समयदेखि प्रयोगमा नल्याएको सिमाना रोड सुकेपोखरीमा अवस्थित सुके रङबुल सोनादा लार्ज साइज एग्रिकल्चर मार्केटिङ को- अपरेटिभ सोसाइटीको स्वामीत्वको बिलडिङ रहेको जमीनलाई पुनः सञ्चालनमा ल्याउने निर्णय लिँदै सोसाइटीको पहलमा आज बोर्ड राखिएको छ । सोसाइटीको तत्वावधानमा आयोजित एउटा सभाले लिएको निर्णयको आधारमा बोर्ड राखिएको बताइएको छ। सोसाइटीको सम्पूर्ण बोर्डका डाइरेक्टरहरू, दार्जीलिङ को- अपरेटिभ व्याङकका मेनेजर,फिल्ड अफिसर, सोसाइटी सुकेपोखरी ब्राञ्चका चेयरमेन सीडी बान्तावा,भाइस चेयरमेन मुन्ना पाख्रीन तथा अन्यको उपस्थितिमा सम्पन्न सभाको अध्यक्षता चेयरमेन भक्त मुखियाले गरेका थिए। यस आशयको जानकारी दिँदै सोसाइटीका अध्यक्ष उक्त बोर्डमा धेरैवटा परियोजनाहरू उल्लेख गरिएको साथै खेतिपातीसित आवद्ध सुके खण्ड अन्तर्गतका को -अपरेटिभ सोसाइटीको मार्केटिङ व्यवस्था सुनिश्चित गरिने योजना रहेको बताए।


