Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

असन्तुष्ट भाजपाका कार्यकर्ताहरूको धर्ना

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

ग्रेटर नेता वंशीवदन बर्मनका निकटवर्ती आशुतोष बर्मालाई भारतीय जनता पार्टी (भाजपा) ले सिताई विधानसभा क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ। यसकारण भाजपाका कार्यकर्ताहरू आक्रोशित भएका छन्। उम्मेद्वार परिवर्तनको माग गर्दै जिल्ला कार्यालयभित्र कार्यकर्ताहरू धर्ना–प्रदर्शनमा बसे। जो व्यक्ति भाजपा गर्दैन र अन्य सङ्गठनबाट आएको हो, तिनलाई किन पार्टीले टिकट दिने? यस्तो उम्मेद्वार कुनै हालतमा स्वीकार नगरिने भनेर भाजपाका नेता–कार्यकर्ताहरूले बताएका छन्। उम्मेद्वार परिवर्तनको मागमा जिल्ला कार्यालयमा तिनीहरूको धर्ना–प्रदर्शन जारी छ।
यद्यपि भाजपाका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत बर्मनले भने, उम्मेद्वारबारे असन्तोष–प्रदर्शन हुनु स्वाभाविक हो। तर पार्टीले गरेको निर्णय नै अन्तिम हुनेछ। तृणमूलका कूचबिहार जिल्ला अध्यक्ष अभिजीत दे भौमिकले भने, तिनीहरूको उम्मेद्वारबारे असन्तोष–प्रदर्शन धेरै अघिदेखि नै थियो। कूचबिहार दक्षिण विधानसभा क्षेत्रमा बाहिरी उम्मेद्वार घोषणा गरिएको छ। आफ्नै योग्य व्यक्ति नभएकाले ग्रेटर कूचबिहारका व्यक्तिलाई उम्मेद्वार बनाइएको हो। त्यसैले असन्तोष–प्रदर्शन हुनु स्वाभाविक नै हो।
अहिलेसम्म ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका अनन्त महाराज समूहसित भाजपाको राम्रो सम्बन्ध थियो। यहाँसम्म कि अनन्त महाराजलाई भाजपाले राज्यसभाको सांसद समेत बनाएको थियो। तर पछिल्लो समयमा अनन्त महाराजको तृणमूलसित निकटता बढ़ेको छ। राज्य सरकारले तिनलाई बङ्ग विभूषण सम्मान दिएको छ। साथै महाराजका निकटवर्ती हरिहर दासलाई तृणमूलले विधानसभा चुनाउमा उम्मेद्वार बनाएको छ। त्यसपछि ग्रेटरका वंशीवदन बर्मन समूहसित भाजपाको निकटता बढ़ेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहसित ग्रेटर सुप्रिमो वंशीवदन बर्मनले भेट गरेका थिए। त्यसपछि सार्वजनिक गरिएको उम्मेद्वार सूचीमा नाटाबारी र सिताई विधानसभा क्षेत्रमा क्रमशः वंशीवदन बर्मनका निकट गिरीजाशङ्कर राय र आशुतोष बर्माको नाम घोषणा गरिएको हो।
यसकारण भाजपाका नेता–कार्यकर्ताहरूबीच असन्तुष्टि फैलिएको छ। बुधवार दिउँसो भाजपाको कूचबिहार जिल्ला कार्यालयभित्र तिनीहरूले धर्ना–प्रदर्शन थाले। आन्दोलनकारी सिताई–1 मण्डलका उपाध्यक्ष अनिमेष बर्मनले भने, अरू सङ्गठनमा काम गर्ने व्यक्तिले किन हाम्रो पार्टीको टिकट पाउनु पर्ने? यो कुनै हालतमा स्वीकार्य छैन।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.