Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

निशीथको गढ़मा उभिएर उदयनद्वारा जीतको ठोकुवा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

विधानसभा चुनाउमा दिनहाटा आसनमा आफ्नो जीतबारे तृणमूल कङ्ग्रेसका उम्मेद्वार उदयन गुहा विश्वस्त छन्। प्रचारका क्रममा तिनले मतदान हुनअघि नै यसपल्ट दिनहाटा विधानसभा क्षेत्रमा तिनको जीत हुने ठोकुवा गरेका छन्। 2021 को विधानसभा चुनाउमा भेटागुड़ीका वासिन्दा तथा भाजपाका उम्मेद्वार निशीथ प्रमाणिकसित तिनी केवल 57 मतको अन्तरले पराजित भएका थिए। त्यसै भेटागुड़ीमा शक्तिशाली नेता तथा उम्मेद्वार उदयन गुहा प्रचारका लागि पुगे। प्रचारका क्रममा तिनले रुयरकुठीमा तीनवटा बूथमा खुल्ला बैठक गरे। त्यसपछि दिउँसो भेटागुड़ी बजारमा पनि प्रचार गरे।
उत्तरपाड़ामा भएको खुल्ला बैठकमा सम्बोधन गर्दै उम्मेद्वार उदयन गुहाले भने, यो कुरा सुन्नुस् उत्तरपाड़ाका मानिसहरूले के गर्नेछन् म जान्दिनँ। आज मतदान हुनभन्दा लगभग 25 दिनअघि नै म यो भनिरहेछु कि अहिलेको स्थितिअनुसार यस विधानसभा क्षेत्रमा म नै जित्नेछु। सबै ठाउँका मानिस तयार छन्। भाजपाप्रति मानिसहरू धेरै आक्रोशित छन्। तिनले थप भने, पछिल्लो पटक यहाँका भाजपा उम्मेद्वारले यसपल्ट यहाँ उम्मेद्वार बन्ने साहस गर्न सकेनन्। हारको डरले तिनले पहिले नै मैदान छोड़ेर माथाभाङ्गातिर भागिसकेका छन्।
यद्यपि सत्तारूढ़ दलका उम्मेद्वारको दाबीलाई भाजपाले कटाक्ष गरेको छ। तृणमूलका उम्मेद्वारले केही दिनसम्म सपना देखिरहून् भनेर भाजपा पक्षले कटाक्ष गरेको छ। मतदान परिणाम आएपछि तिनलाई फेरि देख्न नपाइने पनि भाजपा पक्षले बताएको छ। 2021 को विधानसभा चुनाउमा पनि दिनाहाटा आसनमा तृणमूलका उम्मेद्वार उदयन गुहा नै थिए। तिनको विपक्षमा भाजपाका उम्मेद्वार निशीथ प्रमाणिक थिए। उदयन भाजपा उम्मेद्वारसित केवल 57 मतको अन्तरले पराजित भएका थिए। यद्यपि त्यही वर्ष उक्त विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा उदयन गुहा विजयी भएका थिए। यसपल्ट भने चुनाउ घोषणा हुनभन्दा धेरै अघिदेखि नै तिनी मैदानमा उत्रिएका छन्। क्षेत्र–क्षेत्रमा जनसम्पर्क गरिरहेका छन्। त्यसैले मतदानअघि दिनाहाटाका तृणमूल उम्मेद्वार निकै विश्वस्त देखिन्छन्। दिनाहाटाका भाजपा उम्मेद्वार अजय रायले भने, तृणमूलका उम्मेद्वारलाई यस्तो किन कुरा गरिरहेका छन् भनेर मलाई थाहा छैन। हुन सक्छ कुनै ज्योतिषीले यस्तो भन्न भनेर भनिरहेका छन्। मतदानका लागि केही दिन बाँकी छ। तर तिनले अहिले सपना देखिरहेका छन्। मानिसहरू तयार छन्। 4 मईमा परिणाम घोषणा भएपछि तिनको त्यो सपना टुट्नेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.