दार्जिलिङको बिजनबारीमा दार्जीलिङ जिल्ला पर्वतीय विद्युत् कर्मचारी संगठनको महत्वपूर्ण सभा सम्पन्न भएको छ। विभिन्न क्षेत्रबाट कर्मचारीहरु बाक्लो उपस्थितिमा सप्पन्न सभामा कर्मचारीहरूले कामअनुसार उचित पारिश्रमिक, सरकारी मापदण्डअनुसार तलब–सुविधा, तलब वृद्धि तथा सेवा–सर्त सुधारको माग उठाएका छन्।
बढ्दो महँगीका कारण हालको पारिश्रमिकबाट दैनिक जीवन धान्न कठिन भइरहेको भन्दै कर्मचारीहरूले विभागीय पक्षले आफ्ना जायज मागप्रति गम्भीर बन्नुपर्ने बताएका छन्। यसको साथमा मागहरू सम्बन्धित निकायसमक्ष थप व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ यस्तै आफुहरु मागलाई आगामी एक महिनाभित्र सम्बोधन गर्न ठोस कदम नचालिए आन्दोलन तथा हड्तालमा जान बाध्य हुने चेतावनी समेत संगठनले दिएको छ। यद्यपि वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न आफूहरू तयार रहेको संगठनले जनाएको छ।



