जिल्लाको 41 अनि 42 नम्बर समष्टिको सम्पुर्ण रेलि वारी क्षेत्रहरुलाई समेट्ने एउटा महाविद्यालय निर्माण गरिनुपर्ने माग उठेको छ। उक्त मागलाई लिएर आज एउटा बैठक सम्पन्न भएको छ। बैठकमा रेलिवारी क्षेत्रका विभिन्न स्कुलका प्रतिनिधि, पन्चायतका प्रतिनिधि लगायत व्यक्ती विशेषहरुको उपस्थिति रहेको थियो भने कमिटीको नामाकरण रेलिवारी कलेज डिमाण्ड कमिटी राखिएको छ। उक्त कमिटीमा अध्यक्षको रुपमा पद्मश्री प्रापक डा० जी एस योन्जन रहेका छन् भने नरेन्द्र कुमार तामाङ मुल सचिवको रुपमा रहेका छन्। बैठकपछी उक्त माग विषय अध्यक्ष डा जी एस योन्जन, मुलसचिव नरेन्द्र तामाङ अनि प्रवक्ता खड्ग छेत्रीले थप जानकारी दिएका छन् भने चाँडै नै पुन एउटा बैठक राखेर यसबारे थप पहल गरिने पनि उनीहरुले बताएका छन्।
रेलिवारीमा महाविद्यालय निर्माणको माग, डिमाण्ड कमिटी गठन
