Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

चुनाउको मुखैमा दार्जीलिङका भाजपा नेता पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

राज्यमा विधानसभा चुनाउ नजिक आइरहेको पहाड़को राजनीति तात्तिएको छ। दार्जीलिङका भाजपा नेता सुपेन्द्र प्रधानलाई पुलिसले पक्राउ गरेको छ। सोमवार राति तिनलाई दार्जीलिङबाटै पक्राउ गरिएको हो। उनी यसपल्ट चुनाउमा दार्जीलिङ आसनका भाजपा उम्मेद्वार नोमन राईको समर्थनमा सक्रिय रूपमा प्रचारमा संलग्न थिए। पुलिस सूत्रअनुसार, सन् 2016 को एउटा पुरानो मुद्दाको आधारमा यस भाजपा नेतालाई पक्राउ गरिएको हो। आज मङ्गलवार तिनलाई न्यायालयमा प्रस्तुत गरिएको छ।
यता यस पक्राउको विरोधमा दार्जीलिङका सांसद राजु विष्टले आवाज उठाएका छन्। चुनाउको मुखैमा तृणमूल कङ्ग्रेसले विपक्षीहरूलाई यसरी जेल हाल्न खोजिरहेको तिनको आरोप छ। सांसदका शब्दमा, गोर्खाहरू यसरी टाउको झुकाउने छैनन्। चुनाउअघि यस पक्राउको घटनाले पहाड़को राजनीतिक समीकरण कुन दिशातर्फ मोड़िन्छ, अब त्यो हेर्न बाँकी छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.