मिरिक कृष्णनगर स्थित कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ पालन गरियो। हरेक वर्ष झै यसपल्ट पनि मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरुको व्यापक उपस्थिति देखियो। यस्तोमा मन्दिर संचालन समितिका जीवन छेत्रीले बताए अनुसार नेपालमा आएको बाढीका कारण मृत्यु वहन गरेकाहरुको आत्मा शान्ति खातिर एक सय आठ बत्ती बालिने छ। यसका साथै भक्तिमय अनि आध्यात्मिक कार्यक्रमहरु साँझसम्म चल्ने बताइएको छ।



