Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

शरीरमा इन्फेक्सनका कारण ज्वरोले पीड़ित भइरहेको समय शारीरिक अवस्था तीव्र रूपले बिग्रँदै गइरहेको छ सिलगढ़ी तथा उत्तर बङ्गालका टेबल टेनिस खेलगुरु अमित दामको। गत शनिवार तिनलाई तीव्र ज्वरो आएको थियो। पछि ज्वरो केही कम्ती भए पनि शरीरमा इन्फेक्सन लगातार बढ़िरहेको जानकारी प्राप्त भएको छ। त्यसपछि चिकित्सकहरूको सल्लाहअनुसार सोमवार मध्य राति हिलकार्ट रोडस्थित एउटा निजी नर्सिङ होममा तिनलाई भर्ना गरियो।
राज्यका नामी कोच तथा खेलगुरु अमित दामको मार्गदर्शनमा असङ्ख्य टेबल टेनिस प्रतिभाहरूको उदय भएको छ। तिनको योगदानकै फलस्वरूप आज सिलगढ़ी टेबल टेनिस नगर भनेर चिनिन पुगेको हो। उत्तर बङ्गालमा टेबल टेनिसको विकासमा तिनको योगदान अपूरणीय छ।
हाल गम्भीर रूपले अस्वस्थ रहेका यी खेलगुरुको अवस्था खेल क्षेत्रमै ठूलो चिन्ताको कारण बनेको छ। तिनको शीघ्र स्वास्थ्य लाभको कामनामा बिहानैदेखि धेरै मानिसहरू नर्सिङ होममा पुगिरहेका छन्। चाँड़ै पूर्ण रूपमा स्वस्थ भएर तिनी फर्किऊन् भन्ने सिलगढ़ीका खेलप्रेमीहरूको एउटै इच्छा छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.