Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

झेपी गैरी गाउँमा गोरामुमोको महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न, १५ घर परिवार पार्टीमा आबद्ध

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत कैजले रेलिङ समष्टि अन्तर्गत झेपी गैरी गाउँमा महत्वपूर्ण संगठनात्मक सभा शिव तामलिङको अध्यक्षतामा सम्पन्न भयो।
सभामा गोर्खा समुदायको जाति, माटो, भाषा र अस्तित्वको संरक्षण तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले गोर्खा समाजको हक, अधिकार र पहिचानको संरक्षणका लागि गोरामुमो निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। यसै अवसरमा आफ्नो पहिचान, अधिकार र अस्तित्वको भावनालाई आत्मसात गर्दै झेपी गैरी गाउँका १५ घर परिवार सामूहिक रूपमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चामा आबद्ध भएका छन्। नवप्रवेशी परिवारहरूलाई पार्टीका प्रतिनिधिहरूले औपचारिक रूपमा स्वागत गर्दै संगठनको हरियो झण्डामुनि एकताबद्ध भएर गोर्खा समाजको उज्ज्वल भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका थिए। कैजले रेलिङ समष्टिले गोरामुमो परिवारमा नवआबद्ध सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै आगामी दिनहरूमा जनताको हकहित, पहिचान र स्थायी राजनीतिक समाधानको आन्दोलनलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.