Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

फूलबारीमा सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

फूलबारी–1 ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी क्षेत्रमा सोमवार सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको छ। कार्यक्रममा सिलगढ़ी नगर निगम मेयर गौतम देव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मेयर गौतम देवको बाहुलीबाट आज महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको हो।
आजको शिलान्यास कार्यक्रममा सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीका अध्यक्ष दिलीप दुग्गड़, उपमेयर रञ्जन सरकार, सञ्जय तिब्रेवाला, कलेजका अधिकारीहरू, विद्यार्थीहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
नयाँ क्याम्पस लगभग तीन ऐकर जमीनमा निर्माण गरिनेछ र यो परियोजना चरणबद्ध रूपमा सम्पन्न गरिनेछ। पहिलो चरणमा अनुमानित लगभग एक करोड़ पचास लाख रुपियाँको लागतमा घेराबारी निर्माणको कार्य आरम्भ गरिनेछ। त्यसपछि आउने चरणहरूमा क्याम्पस पूर्ण गर्न आवश्यक अन्य पूर्वाधार तथा विकास सम्बन्धी कार्यहरू गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.