Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

वंशीबदन बर्मनको दिल्ली भ्रमणबारे चर्चा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको सङ्केतका रूपमा हेरिएको छ। विशेष गरी राजवंशी मतदाताको नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूले ठानेका छन्।
हालै राज्यसभाका भाजपा सांसद अनन्त महाराज तथा अर्को ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका नेता नगेन्द्रनाथ राय (अनन्त महाराज) लाई राज्य सरकारले बङ्ग विभूषण पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार पाएपछि तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको खुलेर प्रशंसा गरे। यसले चुनाउअघि भगवा शिविरले निकै असहज स्थितिको सामना गर्नुपरेको छ। राजवंशी समुदायमा अनन्तको जनसमर्थनलाई आफ्नो पक्षमा तान्न तृणमूलले रणनीति बनाएको छ। गत विधानसभा र लोकसभा चुनाउमा राजवंशीहरूको अधिकांश मत भाजपा चिन्हमा परेको थियो। यसपल्ट भने भाजपाको त्यो मत ब्याङ्कमा प्रहार गर्न तृणमूल निकै सक्रिय देखिएको छ।
त्यसैले नगेन्द्रलाई प्रयोग गर्न राज्यको सत्तारूढ़ दल इच्छुक रहेको मानिन्छ। यसैबीच ग्रेटर कूचबिहार एसोसिएशनका नेता वंशीबदन दिल्लीमा भाजपा नेतृत्वसित भेटघाट गर्दै बैठक गरिरहेका खबर फैलिरहेको छ। महाराजको प्रभावको प्रतिकारका रूपमा वंशीबदनलाई अघि सारेर भाजपाले राजवंशी मतमा सम्भावित विभाजन रोक्न चाहेको हुन सक्ने राजनीतिक विश्लेषकहरूको धारणा छ। नगेन्द्र भाजपाका सांसद भएकाले वंशीबदन तृणमूलसित नजिक भएका थिए। वर्तमान परिस्थितिमा यी दुई राजवंशी नेताहरूको फूल परिवर्तन हुने चर्चा आरम्भ भएको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.