Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

उत्तरमा अधिक वर्षा, आज पनि दक्षिण बङ्गालमा आँधी–पानीको सम्भावना

राज्यभरि चट्याङसहित आँधीको प्रवृत्ति बढ़िरहेको छ। दक्षिण गङ्गीय पश्चिम बङ्गाल तथा छेउछाउको उत्तर उड़िस्सामाथि वायुमण्डलको माथिल्लो तहमा एक घूर्णावर्त बनेको छ जुन समुद्र सतहबाट लगभग 1.5 किलोमिटरसम्म फैलिएको छ। साथै अनुकूल हावाको बहाउ र बङ्गालको खाड़ीबाट प्रशस्त जलवाष्प प्रवेश गरिरहेको कारण राज्यका विभिन्न जिल्लामा चट्याङसहित वर्षाको सम्भावना बढ़ेको छ। अलिपुर मौसम कार्यालयको पूर्वानुमानअनुसार आगामी केही […]
Read more

लगातार वृष्टिले उत्तर सिक्किममा पैह्रो

लगातार वर्षाका कारण उत्तर सिक्किममा भयानक पैह्रो गएको छ। यसको परिणाम स्वरूप धेरै पर्यटकहरू अलपत्र परेका छन्। मङ्गलवार साँझतिर चुङथाङदेखि लाचेन जाने सड़कका विभिन्न स्थानमा पैह्रो गएको थियो। यसकारण बाटोमै कम्तीमा दुई सय पर्यटकहरू फँसेका थिए। तिनीहरूलाई उद्धार गरेर स्थानीय एउटा गुरुद्वारा र इण्डो-टिबेटियन बोर्डर पुलिस (आईटीबीपी) को क्याम्पमा ल्याइएको थियो। त्यहाँ तिनीहरूले रात बिताए। […]
Read more

पुनः पत्र दिने न्यायालयको स्वप्न बर्मनलाई निर्देशन

रेलको जागिरबाट औपचारिक रूपमा अवकाश नलिई एशियाडमा स्वर्ण पदक जितेकी स्वप्ना बर्मन राजनीतिक दलमा सहभागी भएकी छन्। तिनलाई राजगञ्ज क्षेत्रमा अल इण्डिया तृणमूल कङ्ग्रेसले उम्मेद्वार बनाएको छ। उम्मेद्वार बनेपछि स्वप्नाले प्रचार पनि आरम्भ गरिसकेकी छन्। तर तिनको चुनाउमा प्रतिस्पर्धा गर्ने विषयमा उत्पन्न भएको जटिलता अहिलेसम्म हटेको छैन। आफ्नै गल्ती स्वीकार गर्दै रेललाई पुनः पत्र दिन […]
Read more

जटिलताले सिंह सफारीमा बाधा

बाघ, भालु, गैँड़ा लगायत विभिन्न जनावरहरू हेर्ने रोमाञ्च लिन वर्षभरि पर्यटकहरू बेङ्गल सफारीमा आउँछन्। तर केही महीनादेखि पर्यटकहरूको मुख्य आकर्षण प्रस्तावित सिंह सफारी हो। तर सिंह हेर्ने पर्यटकहरूको त्यो इच्छा अहिले प्रशासनिक जटिलताले पूरा हुन सकेको छैन। यस अवस्थामा बेङ्गल सफारीमा सिंह सफारी कहिले आरम्भ होला भन्ने प्रश्न अहिले पार्कमा आउने पर्यटकहरूको मुखमै झुण्डिएको छ। […]
Read more

भाजपाको बङ्गाल विभाजनको योजना रहेको ममताको आरोप

जलपाइगढ़ीको मैनागुड़ीबाट चुनाउ प्रचार सभा आरम्भ गरिन् मुख्यमन्त्री ममता ब्यानर्जीले। बुधवार यस सभाबाट दिल्लीको भाजपा सरकार र चुनाउ आयोगमाथि प्रहार गरिन् मुख्यमन्त्रीले। मध्य रातमा सप्लिमेण्टरी सूची प्रकाशित गरिएको विषयलाई मध्य रातको ताण्डव भनेर व्यङ्ग्य गरिन् ममता ब्यानर्जीले। जसरी मतदान तालिका घोषणा गरिएको रात राज्यका मुख्य सचिव नन्दिनी चक्रवर्ती र गृहसचिव जगदीशप्रसाद मीनालाई हटाइएको विषयमा तिनले […]
Read more

उत्तर उत्तर सिक्किममा भीषण पैह्रो

पहाड़को काखमा वसन्तको बिदा बिताउन गएका पर्यटकहरू गम्भीर समस्यामा परेका छन्। उत्तर सिक्किममा अत्यधिक वर्षाका कारण विभिन्न स्थानमा भीषण पैह्रो गएको छ। पैह्रोको कारण सड़क अवरुद्ध हुँदा मङ्गलबार रातिदेखि नै चुङथाङ क्षेत्रमा लगभग 200 पर्यटकहरू अलपत्र परे। बुधवार बिहानदेखि प्रशासनले स्थितिको मूल्याङ्कन गर्दै उद्धार कार्य आरम्भ गरेको छ।मङ्गलवार राति अत्यधिक वर्षाका कारण चुङथाङ–लाचेन जोड्ने महत्व् […]
Read more

अलिपुरद्वारका दुर्गम मतदान केन्द्रमा वेब कास्टिङबारे बैठक

यसपल्ट विधानसभाको चुनाउमा प्रत्येक वेब कास्टिङ राज्यका सबै मतदान केन्द्रमा अनिवार्य गरिएको छ। तर अलिपुरद्वार जिल्लाका कुमारग्राम, कालचिनी र मदारीहाट विधानसभा क्षेत्रमा यस्ता धेरै मतदान केन्द्रहरू छन् जहाँ अहिलेसम्म इण्टरनेट त परको कुरा सामान्य मोबाइल नेटवर्कसमेत उपलब्ध छैन। यो विषय ध्यानमा आएपछि अलिपुरद्वार जिल्ला प्रशासन सक्रिय भएको छ।यसअघि नै नेटवर्क नपुगेका क्षेत्रमा रहेका जिल्लाका कम्तीमा […]
Read more

आज उत्तर बङ्गालबाट भाजपा हटाओ अभियान आरम्भ

यसपल्ट उत्तर बङ्गालमा मौसम परिवर्तन निकै स्पष्ट देखिएको छ। असमयमै समतल क्षेत्रमा लगातार वर्षा भइरहेको छ भने पहाड़को चुचुरो सन्दकफूमा हिउँ परेको छ। भाजपाको गढ़ भनेर चिनिने जलपाइगढ़ी–अलिपुरद्वारको राजनीतिक वातावरण पनि परिवर्तन हुँदै गइरहेको छ। उम्मेद्वारबारे असन्तोषका कारण मैनागुड़ीमा भाजपा पार्टीको जिल्ला कार्यालयमा ताला झुण्डिएको छ। घोषणा गरिएका उम्मेद्वार प्रचारमा निस्किएका छैनन्। दल परिवर्तन गरेर […]
Read more

भाजपा दलिभित्र फाटो

चुनाउको मुखैमा पार्टीभित्र असन्तोष यसपल्ट सार्वजनिक भएको छ। भाजपाका विक्षुब्ध कार्यकर्ताहरू भारतीय सनातन हिन्दू मञ्चको छातामुनि आएर विधानसभाको चुनाउका लागि उम्मेद्वार घोषणा गरेका छन्। पूर्व जिल्ला सह–सभापति आलोक चक्रवर्तीको नेतृत्वमा सिलगढ़ी, डाबग्राम–फूलबारी र जलपाइगढ़ी सदर यी तीन आसनमा उम्मेद्वारको नाम घोषणा गरिएको छ। आगामी दिन अझ 29 वटा आसनमा पनि उम्मेद्वार घोषणा गरिने विक्षुब्धहरूले बताएका […]
Read more

जनसम्पर्क प्रतिस्पर्धामा स्कूटरम्यान बनाम मिटिङम्यान

स्कूटरम्यान बनाम मिटिङम्यान! पहिलो व्यक्ति सिलगढ़ीका विधायक तथा भाजपा उम्मेद्वार शङ्कर घोष हुन्। दोस्रो व्यक्ति सिलगढ़ीका मेयर गौतम देव तृणमूल कङ्ग्रेसका उम्मेद्वार। मतदानको लड़ाईँमा कोही कसैलाई एक इञ्ज जमीन छोड्न तयार छैनन्। प्रचारमा दुवैले एकार्कालाई कठोर टक्कर दिइरहेका छन्। यसपल्ट जनताको फसेला तिनीहरूको पक्षमा आउने दुवैको अपेक्षा छ। स्थानीय राजनीतिमा यसै विषयमा चर्चा चलिरहेको छ। […]
Read more
1 9 10 11 12 13 15

Grid News

Latest Post

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.