Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

अन्तिम मतदाता सूचीमा उत्तर बङ्गालमा हजारौँ आदिवासी चिया मजदुरहरूको नाम विचाराधीन अवस्थामा राखिएको छ। उत्तरी क्षेत्रका मूल निवासी राजवंशी समुदायका ठूलो हिस्सा पनि यसबाट मुक्त हुन सकेनन्। हटाइएका वा विचाराधीन सूचीमा परेका व्यक्तिहरूमा अल्पसङ्ख्यक समुदायका मानिसहरू पनि छन्। यस विषयले धेरै जिल्लामा व्यापक असन्तोष फैलिएको छ। यसका विरोधमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मुखर भएको छ। तृणमूलको अग्रता भएका क्षेत्रमा लक्षित रूपमा नाम हटाइएको वा ठूलो सङ्ख्यामा नामलाई विचाराधीन सूचीमा राखिएको आरोप राज्यका आदिवासी विकास मन्त्री बुलुचिक बराइकले लगाएका छन्। जलपाइगढ़ी जिल्लामा 1 लाख 8 हजारभन्दा बढ़ी मतदाताको नाम विचाराधीन सूचीमा राखिएको छ। यीमध्ये चियाबारी क्षेत्र प्रमुख रहेको माल विधानसभा क्षेत्रमा मात्र 21 हजार नाम रहेको दाबी बुलुचिक बराइकले गरेका छन्। मेहनत गरेर जीवन यापन गर्ने गरीब मानिसहरूको नाम मतदाता सूचीबाट हटाउने षड़यन्त्र भएको आरोप सीपीएमका जलपाइगढ़ी जिल्ला सचिव पीयूष मिश्रले लगाएका छन्।
चियाबारी क्षेत्रमा ठूलो सङ्ख्यामा आदिवासीहरूको नाम विचाराधीन सूचीमा रहेको भाजपा नेताहरूले पनि स्वीकार गरेका छन्। यद्यपि यो विषय उल्टो परिणाम दिन सक्ने आशङ्कामा तिनीहरूको भनाइ फरक छ। भाजपाका जिल्ला कार्यकारी समितिका सदस्य महेश बागेले भने, कुनै वैध मतदाताको नाम हटोस् भन्ने हामी चाहँदैनौँ। तर एसआईआर पूर्ण रूपले चुनाउ आयोगको विषय हो। माल विधानसभाअन्तर्गत राङामाटी पञ्चायतकी वासिन्दा पुष्पा मुण्डा चियाबारीमा काम गर्छिन्। तिनको नाम विचाराधीन सूचीमा परेको छ। तेशिमला पञ्चायतकी 51 वर्षीया टुलटुली उराँवको नाम हटाइएको छ। सोही पञ्चायतका वासिन्दा गोलक रायको नाम पनि मतदाता सूचीबाट हटाइएको छ। तृणमूलका जिल्ला सह-सभापति तथा बीएलए-1 चन्दन भौमिकले भने, एसआईआरको नाममा जे भएको छ त्यो लोकतन्त्रमा लज्जाजनक छ। उत्तर बङ्गालका मूल निवासीहरूको नाम हटाउने षड़यन्त्र स्पष्ट देखिन्छ। नोटिश पाएपछि सुनुवाइमा उपस्थित भई चियाबारीका मजदुरहरूले सबै कागजात प्रस्तुत गरे पनि हजारौँ आदिवासीहरूको नाम अझै पनि विचाराधीन सूचीमा राखिएको छ।
पछिल्ला केही चुनाउहरूमा उत्तर बङ्गालको चियाबारी क्षेत्रमा भाजपाको आधार कमजोर भएको छ। त्यसैले के एसआईआरको नाममा आदिवासी चिया मजदुरहरूको नाम मतदाता सूचीबाट हटाउने षड़यन्त्र गरिएको तृणमूलले प्रश्न उठाएको छ। सूत्रअनुसार माल विधानसभाअन्तर्गत बाग्राकोट पञ्चायतमा 575 जनाको नाम विचाराधीन सूचीमा छ भने ओदलाबारीमा यो सङ्ख्या 2576 रहेको छ। डामडिममा 495, राङामाटीमा 466 जना छन्। अल्पसङ्ख्यक बहुल तेशिमला पञ्चायतमा 3285 जनाको नाम विचाराधीन सूचीमा छ भने कुम्लाई पञ्चायतमा 2066 जनाको नाम विचाराधीन सूचीमा राखिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.