Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मतिगढ़ाबाट अजिङ्गर उद्धार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

सिलगढ़ी महकुमाको मतिगढ़ा अञ्चलमा पर्ने गुड़िया हिमुल इलाकाका गाउँलेहरूले एक दुर्लभ दृश्य देखे। स्थानीय एकजना व्यक्तिको घरभित्र अजिङ्गर देखेपछि स्थानीनय मानिसहरू सबै आतङ्कित भए। तर डर कम्ती हुन नपाउँदै सबैको मनमा कौतुहल सिर्जना भयो।

त्यसपछि कोही दौड़ँदै आए त कोही फोटो खिँच्न थाले। तीमध्ये कोही भिडियो बनाउन थाले। क्षणभरमै घटनास्थलमा ठूलो भीड़ जम्मा भयो।अजिङ्गरबारे व्यापक चर्चा भए पनि अन्ततः गाउँलेहरूले सजगता देखाए। स्थानीय एकजना व्यक्तिले कौशलका साथ विशाल आकारको अजिङ्गर समातेर वन विभागलाई जानकारी गराए।

त्यसपछि वन विभाग घटनास्थलमा आइपुग्दा गाउँलेहरूले अजिङ्गरलाई तिनीहरूको हातमा सुम्पिदिए। थाहा लागअनुसार, उद्धार गरिएको अजिङ्गर लगभग सात फिट लामो छ। पछि उक्त अजिङ्गरलाई घना जङ्गलमा छोड़िने वन विभागका कर्मचारीहरूले बताएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.