Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिकमा सुन्तला टिपाई आरम्भ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

दार्जीलिङ पहाड़मा चियासितै कृषकहरूले सुन्तलाको खेतीलाई पनि एक प्रमुख नगदी बालीको रूपमा खेती गर्ने गर्छन्। विशेष गरी पहाड़को बस्ती क्षेत्रमा अधिक मात्रामा सुन्तलाको खेती गरिन्छ। भौगोलिक दृष्टिकोणले मिरिक महकुमाको डुप्टिन नम्बर दसमा अधिक मात्रामा सुन्तलाको खेती हुने गर्दछ। यति बेला डुप्टिनको प्रत्येक सुन्तला बगानमा फल टिपाई आरम्भ भइसकेको छ।
एक उद्यमी कृषक देवराज गुरुङको सुन्तला बगानमा लटरम्म परेर फलेको सुन्तला टिपाई यति बेला धमाधम भइरहेको छ। गत शनिवारदेखि टिपाई शुरु गरेको बगानको सुन्तला अझै पनि टिपेर सकिएको छैन। कृषक देवराज गुरुङअनुसार आफ्नो बगानबाट बर्सेनि 14 देखि 15 पिकअप भ्यान सुन्तला टिपाई हुन्छ। यसपालि पनि तिनको बगानमा टिपाई जारी रहेको बताउदै सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सकिने तिनले बताए। सुन्तला खेतीबाट आफूले परिवार धान्दै आइरहेको साथै यस खेतीबाट आएको केही रकम ब्याङ्कमा समेत जम्मा गर्न सकिरहेको तिनले थप बताए। हाल आफ्नो बगानमा लगभग चार सय पचास सुन्तलाको बोट रहेको र यसलाई प्रत्येक वर्षको फरवरी महीनामा गाईको मल प्रयोग गरिने तिनले बताए।
त्यसरी नै वर्षको सेप्टेम्बर अनि अक्टोबर महीनामा सुन्तलाको बोटमा कीरा लाग्न नदिन औषधी छर्किने गरेको पनि तिनी बताउँछन्। मिरिक बस्तीमा खेतीयोग्य जमीन रहेको बताउँदै यदि राम्ररी खेती गरे अन्य ठाउँमा गएर रोजगार गर्न नपर्ने बताउँदै यसपालि सुन्तलाको बजारभाउ पनि राम्रो रहेको तिनले बताए। यदि सरकारले पनि सहयोग गरे अनि खेतीपातीमा ध्यान दिए आफ्नै ठाउँमा बसेर पनि जीवन धान्न सकिने तिनको भनाइ छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.