Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

दिनाहाटा न्यायालयमा हाजिरा दिन पुग्दा पूर्व केन्द्रीय मन्त्री निसिथ प्रामाणिकले विरोधको सामनामा परे। तिनको गाड़ीलाई लक्ष्य गरेर अण्डा र ढुङ्गा प्रहार गरिएको तृणमूल कार्यकर्तामाथि आरोप लागेको छ। सन् 2018 मा अबु मियाँ नामक एक तृणमूल कार्यकर्तालाई घरबाटै निकालेर हत्या गरिएको आरोपमा निसिथ प्रामाणिकसहित 41 जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यति बेला निसिथ प्रामाणिक तृणमूल युवा कङ्ग्रेसका नेता थिए। तृणमूल युवा अनि मातृ तृणमूल सङ्गठनबीच द्वन्द्वका कारण त्यो बेला प्रत्येक दिन दिनाहाटाको राजनीति गर्मिन्थ्यो।
यसै हत्या प्रकरणमा हाजिरा दिन निसिथ प्रामाणिक मङ्गलबार दिनाहाटा न्यायालय पुगेका थिए। तिनको हाजिरालाई ध्यानमा राखेर दिनाहाटा न्यायालय परिसरमा कठोर सुरक्षा व्यवस्था मिलाइएको थियो। पूर्व केन्द्रीय मन्त्रीलाई घेरेर पुलिस सुरक्षा गरिएको भए पनि तिनी आउने खबर पाउन साथ न्यायालयबाहिर तृणमूल कार्यकर्ताहरू भेला हुन थाले। तिनीहरूले जय बङ्गला नारा लगाए र निसिथ प्रामाणिकलाई कठोर सजाय दिनुपर्ने माग गरे।
त्यस भीड़बाटै निसिथ प्रामाणिकको गाड़ीलाई लक्ष्य गरी अण्डा र ढुङ्गा प्रहार गरिएको आरोप छ। यद्यपि पूर्व मन्त्रीलाई कुनै चोट लागेन। तर निसिथमाथि आक्रमण गर्ने साधारण जनता थिए भनेर तृणमूलको दाबी छ। आफूमाथि हत्याको आरोप राजनैतिक षड़यन्त्र रहेको भनेर निसिथ प्रामाणिकले बताएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.