Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आउटलेटहरूमा हस्तशिल्प खोइ?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

हस्तकला व्यवसायीहरूलाई आर्थिक रूपले सबल बनाउन रेल्वेले विशेष पहल गरेको थियो। रेलवे स्टेशनको प्लेटफर्ममा आउटलेट वा स्टल खोल्नका लागि हस्तकला व्यवसायीहरूलाई ठाउँ दिइएको थियो। तर ती आउटलेटहरूमा हातले बनाइएका हस्तशिल्प सामग्रीको साटो बढ़ी मात्रामा पिउने पानीको बोतल, बिस्कुट, पान, चनाचुर, चिप्स र स्टेशनरी सामग्रीहरू बिक्री भइरहेका छन्। त्यसले विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। तीन वर्षअघि रेल्वेले वन स्टेशन वन प्रोडक्ट अथवा एक स्टेशन एक उत्पाद नाममा स्टल खोल्ने व्यवस्था गरिएको थियो। हस्तकला व्यवसायीहरूको नामको सूची राज्य सरकारको लघु उद्योग विभागले रेल्वेलाई उपलब्ध गराएको थियो। त्यसपछि रेल्वे विभागले हस्तकला व्यवसायीसित लिखित सम्झौताको आधारमा प्लेटफर्ममा स्टल निर्माण गरिदिएको थियो। विद्युत् आपूर्तिको व्यवस्था पनि रेल्वेले गरिदिएको थियो। तर मरम्मती अनि देखरेखका लागि निश्चित अवधिमा स्टल मालिकहरूले केही रकम बुझाउनुपर्ने व्यवस्था थियो।
तर अहिले धेरै स्टेशनहरूमा ती स्टलहरू बन्द अवस्थामा रहेका देखिएका छन्। न्यू जलपाइगढ़ीदेखि न्यी च्याङ्रा्थबन्धा स्टेशनहरूसम्म हस्तकला स्टलहरूमा पिउने पानीको बोतल, बिस्कुट, स्टेशनरी सामग्री, घर सजाउने सामग्री बिक्री भइरहेको छ। यसकारण रेल्वेको भूमिकामाथि प्रश्न उठेको हो किनकि केन्द्र सरकारले तय गरेको नीतिअनुसार ती स्टेशनहरूमा देश–विदेशका धेरै मानिसहरूको आवतजावत हुन्छ। देश-विदेशका मानिसहरूसमक्ष स्थानीय सामग्री बिक्री गरिए हस्तकला व्यवसायीहरूलाई राम्रो बजार मिल्ने थियो। बाँसका सामग्री, गम्छा, असमको मेखलाजस्ता सामान यी स्टलहरूमा बिक्री गरिने भनिएको थियो। कुनै एक कलाकारको सम्झौता सकिएपछि अर्को कलाकारलाई अवसर दिइने प्रावधान पनि थियो। तर व्यवहारमा नियम पालना गरिएको छैन।
किन यस्तो भइरहेको छ भन्ने प्रश्नमा स्टल–मालिक मिना खातूनले भनिन्, हातले बनाइएका सामान खासै बिक्री भएको छैन। स्टलमा पिउने पानी वा खाद्य सामग्री बढ़ी बिक्री हुन्छ। त्यसैले हस्तकलासितै पानी–बिस्कुट पनि राख्नु परेको हो। उत्तर–पूर्व सीमान्त रेल्वेका प्रवक्ता कपिञ्जल किशोर शर्माले भने, यस्तो त नहुनु पर्ने हो। हामी यसबारे छानबिन गरिरहेका छौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.