सिटोङ Homestay आगलागीकी पीडित निकिता साहाको निधन, Kolkata मा उपचारका क्रममा तोडिन् प्राण

दार्जीलिङको सिटोङस्थित Homestay मा Barbecue तयार गर्ने क्रममा भएको आगलागीमा गम्भीर रूपमा जलेर घाइते भएकी उत्तर दिनाजपुरको चोपडाकी नवविवाहिता निकिता साहाको निधन भएको छ। विगत केही सातादेखि उपचाररत उनको बिहीबार बिहान करिब 4 बजे Kolkata स्थित एक निजी अस्पतालमा निधन भएको हो।

प्राप्त जानकारीअनुसार, निकिता आफ्ना पति सौभिक दाससँग Honeymoon मनाउन 13 सेप्टेम्बरमा सिटोङ पुगेकी थिइन्। सोही क्रममा राति Homestay मा Barbecue तयार गरिँदै गर्दा आगलागी भएको थियो। घटनामा निकिताको शरीरको करिब 60 प्रतिशत भाग जलेर गम्भीर घाइते भएकी थिइन्।

घटनापछि उनलाई सुरुमा Siliguri को एक निजी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारका लागि Kolkata स्थित Bangur Hospital लगिएको थियो। पारिवारिक स्रोतका अनुसार, Bangur Hospital मा उपचाररत रहँदा करिब 4 दिनअघि उनको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई नजिकैको अर्को निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो। जहाँ बिहीबार बिहान उनले अन्तिम सास लिइन्।

यस घटनालाई लिएर निकिताका पति सौभिक दासले Kurseong Police Station मा उजुरी दर्ता गराएका थिए। उनले Homestay मा Fire Extinguisher तथा पर्याप्त Emergency Safety व्यवस्था नरहेको आरोप लगाएका छन्। साथै, आगलागी भएपछि Homestay का कर्मचारीहरूले तत्काल उद्धार तथा सहयोग नगरेको पनि उनले आरोप लगाएका छन्।

घटनासम्बन्धी मामिलामा Homestay का कर्मचारी नासिरुद्दिन र दिपेन लामा, सञ्चालक पवन कुमार अग्रवाल तथा उनका छोरा नेहल ऐरान गरी 4 जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेका सबैलाई Kurseong अदालतमा पेश गरिएको थियो। अदालतले उनीहरूको जमानत याचिका खारेज गर्दै Police Custody मा पठाएको थियो।

Honeymoon मनाउन पुगेको एक नवविवाहित दम्पतीको यात्रा दुःखद घटनामा परिणत भएको छ। निकिताको निधनसँगै Homestay मा Fire Safety व्यवस्थाको अभाव तथा सम्भावित लापरवाहीसम्बन्धी आरोपहरू पुनः चर्चाको केन्द्रमा आएका छन्। घटनाबारे थप कानुनी प्रक्रिया जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *