जामुनेमा आगामी ४ अक्टोबरदेखि ‘गोर्खा खुला भलिबल प्रतियोगिताको दोस्रो सस्करणसगै गोर्खे हाटको शुरु हुने

‘नशामुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित गोक युवा खेलकुद संघको आयोजनामा आगामी ४ अक्टोबर २०२६ देखि जामुनेमा ‘गोर्खा खुला भलिबल प्रतियोगिता’को दोस्रो संस्करण सुरु हुने भएको छ। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ तथा अनुशासित समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै लागुऔषध तथा अन्य दुर्व्यसनबाट टाढा राख्ने सन्देश प्रवाह गरिने बताइएको छ। प्रतियोगितामा विभिन्न स्थानका भलिबल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यस्तै उक्त दिनदेखि नै स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वनिर्भर बनाउने उदेश्यले गोर्खे हाटको पनि शुभारम्भ गरिने भएको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *