Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बङ्गलादेशीहरूका लागि होटलमा नो एण्ट्री

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पछिल्ला दुई–तीन दिनदेखि यस्तो पोष्टरले सिलगढ़ी ढाकिएको छ। जङ्क्शननजिक क्षेत्रमा बङ्गलादेशी नागरिकहरूसित सबै किसिमको व्यापार बन्द लेखिएका पोष्टर धेरैले टाँसेका छन्। अब होटल मालिकहरू बङ्गलादेशीहरूलाई होटलमा राख्न तयार छैनन्। तर तिनीहरूलाई जबरजस्ती निकालेर होइन हात जोड़ेर आफ्नै देश फर्किने अनुरोध गर्ने बताइएको छ। शिक्षा र उपचारका कारण धेरै बङ्गलादेशी सिलगढ़ीका विभिन्न होटलहरूमा बसिरहेका छन्। त्यसैले तिनीहरूको बसाईबारे अहिले चिन्ता उत्पन्न भएको छ। सिलगढ़ीमा एसोसिएशनअन्तर्गत 180 भन्दा अधिक होटलहरू छन्। केही वर्ष अघिसम्म बङ्गलादेशी नागरिकहरू मुख्यतः बसस्ट्याण्ड क्षेत्रका होटलहरूमा बस्थे किनकि त्यो बेला बङ्गलादेशको पञ्चगढ़ जिल्लाबाट बस आएर मल्लागुड़ी क्षेत्रमा रोकिन्थ्यो।
हाल यो प्रवृत्ति परिवर्तन भएको छ। फूलबारी सीमा हुँदै आएर तिनीहरू सिलगढ़ीको हाशमीचोक क्षेत्रको हिलकार्ट रोड र विधान रोडका विभिन्न होटलहरूमा बस्न थालेका छन्। त्यहाँ निजी नर्सिङ होमहरू छन्। त्यसै क्षेत्रमा बस्न छिमेकी देश बङ्गलादेशका नागरिकहरूले रुचि देखाउँछन्। पहिले बङ्गलादेशबाट औसत 25-30 हजार मानिसहरू सिलगढ़ी आउँथे। तर त्यहाँ अशान्ति आरम्भ भएपछि यो सङ्ख्या घटेर 1500 देखि 2000 मा सीमित भएको छ। केही बङ्गलादेशी उपचार वा पढ़ाईका कारण शहरमै रोकिएका छन् भन्ने धेरैको धारणा छ।
सिलगढ़ी एक नम्बर वार्डको कुल्ली पाड़ाका वासिन्दा सन्दीप महतोले भने, केवल अल्पसङ्ख्यक भएको अपराधमा बङ्गलादेशमा एक हिन्दु युवकको हत्या गरिएको छ। यसबाहेक त्यहाँ अल्पसङ्ख्यक समुदायमाथि आक्रमण भइरहेको छ। यस्ता मानवता विरोधी देशसित कुनै सम्बन्ध रहोस् भन्ने हामी चाहँदैनौँ। ग्रेटर सिलगढ़ी होटलियर्स वेल्फेयर एसोसिएशनका संयुक्त सचिव उज्ज्वल घोषले भने, मानवताको हिसाबले हामी बङ्गलादेशीहरूसित तुलना गर्न चाहँदैनौँ। तिनीहरूले खुलेआम मानिसको हत्या गरिरहेका छन्। तर त्यसको अर्थ हामी कुनै मानिसलाई क्षति पुर्याूउनेछौँ भन्ने होइन। बङ्गलादेशका जो नागरिकहरू पहिलेदेखि शिक्षा र उपचारका कारण शहरका होटलहरूमा बसिरहेका छन् तिनीहरूलाई जबरजस्ती निकाल्न सकिँदैन। बरु सकेसम्म चाँड़ो यहाँबाट आफ्नै देश फर्किन हामी तिनीहरूलाई अनुरोध गर्नेछौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.