Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले जिल्ला सदस्य किस्मत तामाङको नेतृत्वमा थर्बु नन्दलाल गाउँमा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण गरेको छ। राहत सामग्रीमा न्यानो लुगा, कम्बल, भाँड़ा-कुड़ा, खाद्य सामाग्री आदि वितरण गरिएको किस्मत तामाङले बताए। तिनले युनियनले राहत सामग्री वितरणसितै सरकारको ध्यान आकर्षण गराँउदै पैह्रो सोहोर्ने कार्य पनि गरिरहेको बताए।
गत 4 अक्टोबर गएको विनाशकारी पैह्रोले धेरै ठाउँ क्षति गरेको अनि कतिपय घर छेउमा रहेको पैह्रो अहिले पनि जस्ताको त्यस्तै रहेको तिनले बताए। प्रशासनले पैह्रो सफा नगरेको अनि पीड़ितहरूलाई हालसम्म पुनर्वास नगराएको कारण माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले श्रमदानको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउन नै दैनिक यस्तो कार्यक्रम गरिरहेको बताए।
तिनले भने, विनाशकारी पैह्रोको कारण धेरै मानिसहरू घरविहीन बनेपछि तिनीहरूलाई राहत शिविरमा राखियो। तारपोलिन र राहत सामग्रीहरू सबैले वितरण गरे। तर प्रशासनले पैह्रो पीड़ितहरूलाई पुनर्वासका लागि यति बेलासम्म ठोस पहल गरेको छैन। पैह्रो पीड़ितहरू सधैँ राहत शिविर अथवा किरायाको घरमा बस्न सक्दैनन्। तिनीहरूको पुनर्वास चाँड़ै हुनुपर्छ भन्ने माग माकपाको हो। युनियनले पीड़ितहरूलाई आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग वितरण गर्ने तिनले थप जानकारी दिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.