Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

असममा रेल लाइनमा ध्वंस प्रयासको आरोप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

रेल लाइनमा बम विष्फोट गरेर तोड़फोड़को आरोपले असम फेरि चर्चामा आएको छ। अलिपुरद्वार शहरबाट लगभग 80 किलोमिटर टाढ़ा असमको सालाखाटी र कोकराझारबीच बुधवार राति विस्फोट गराई रेल ट्रयाक उडाइदिएको आरोप उठेको छ। रेल अधिकारीहरूको भनाइअनुसार लगभग दुई फिट लामो रेल ट्र्याक भत्किएको छ। ट्रयाकबीच सिमेण्टका स्लीपरहरू पनि क्षतिग्रस्त भएका छन्। झण्डै 25 हजार भोल्ट विद्युत प्रवाह गर्ने तारलाई समेत क्षति पुगेको बताइएको छ। त्यसपछि मरम्मतीका कारण रेल यातायात केही समयका लागि अवरुद्ध भयो र धेरै रेलहरू विलम्ब चल्न थाले। राति लगभग 1 बजी चिनी लादिएको एक मालगाड़ी त्यही रेलमार्ग हुँदै गइरहेको थियो। विस्फोट भएको स्थानबाट केही टाढ़ा पुगेपछि अचानक झट्का अनुभव गर्दा लोको पाइलटले ट्रेन रोके। तिनलाई विस्फोट भएको शङ्का लागेपछि चालक र ट्रेन गार्ड दुवै घटनास्थलमा पुगे। त्यसपछि आरपीएफ, रेलवे अधिकारी, पुलिस र स्थानीय प्रशासनलाई खबर गरियो। रेल मन्त्रालयको अनुमानमा यो कुनै ठूलो योजनाको हिस्सा हुन सक्छ।
आरपीएफ र रेल सूत्रअनुसार प्रारम्भिक जाँचमा विस्फोटका लागि इम्प्रोभाइज्ड एक्स्प्लोसिभ डिभाइस (आईईडी) प्रयोग गरिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको आशङ्का छ। अन्य कुनै प्रविधि प्रयोग गरिएको छ कि छैन भनेर पनि जाँच चलिरहेको छ। त्यस क्षेत्रमा गस्ती र निगरानी बढ़ाइएको छ। त्यस मालगाड़ीपछि त्यही रेलमार्ग हुँदै सराईघाट एक्सप्रेस र विवेक एक्सप्रेसजस्ता महत्त्वपूर्ण रेलहरू आउँदै थिए। यदि ती यात्रीवाहक रेलहरू त्यसै क्षतिग्रस्त ट्र्याकमा पुगेका भए ठूलो दुर्घटना हुन सक्ने सम्भावना थियो. घटनापछि लगभग चार घण्टा रेल आवागमन पूर्ण रूपमा बन्द रह्यो। पुलिस र जाँच टोलीले नमुना सङ्कलन गरेपछि मरम्मती कार्य आरम्भ भयो र बिहीवार बिहान 5.25 बजीदेखि रेल सेवा पुनः सामान्य बनाइयो।
घटनाको खबर पाएपछि अलिपुरद्वार डिभिजनका डीआरएम देवेन्द्र सिंहसहित अन्य वरिष्ठ रेल अधिकारीहरू घटनास्थल पुगे। उत्तर–पूर्व सीमावर्ती रेलका सीपीआरओ कपिञ्जलकिशोर शर्माले भने, ट्रेन म्यानेजरले तीव्र झट्का अनुभव गरेपछि रेल रोके। विस्फोटका कारण रेल ट्र्याक र स्लीपर क्षतिग्रस्त भएका छन् भन्ने अनुमान गरिएको छ। असम पुलिस, आरपीएफ र अन्य अनुसन्धान एजेन्सीहरूले जाँच आरम्भ गरेका छन्। घटनाका कारण आठवटा रेल विभिन्न स्टेशनमा रोकिएका थिए। विवेक एक्सप्रेस र सराईघाट एक्सप्रेस दुईदेखि तीन घण्टा ढिलो प्रस्थान गरे। दीपावली र छठ पर्वको भीड़का कारण अहिले अधिकांश रेलमा अत्यधिक चाप छ अनि असमका अधिकांश रेलहरू यसै रुट हुँदै चल्ने भएकाले यो घटना रेल मन्त्रालयका लागि थप चिन्ताको विषय बनेको छ। पछिल्ला वर्षहरूमा असममा यस्ता विध्वंसका घटना विरलै सुनिन्थे।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.