Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

रिपोटर्स क्लब अफ मिरिकको पाँचौँ स्थापना दिवस

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिकका सक्रिय पत्रकारहरूको सह्गठन रिपोटर्स क्लब अफ मिरिकले क्लब गठनको पाँचौँ स्थापना दिवससितै मिरिक गौरव सम्मान कार्यक्रम सम्पन्न गरेको छ। क्लबका मुख्य संरक्षक एसबी गजमेरको अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले सञ्चालन गरेका कार्यक्रममा मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मिरिकका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरू पनि कार्यक्रममा उपस्थित थिए। रिपोर्टस क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसाहाङले क्लब गठन भएपछि स्थापना दिवस पालन गर्दै आए पनि गत वर्षदेखि मिरिक गौरव सम्मान कार्यक्रम पनि आरम्भ गरिएको बताए। विभिन्न क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेका व्यक्तिहरूलाई गौरव सम्मान कार्यक्रममा सम्मान गर्ने प्रथा आरम्भ गरिएको तिनले थप बताए। यस कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गर्दै सबैबाट साथ र सहयोगको तिनले अपील गरे।
कार्यक्रममा थर्बु चियाबारीका डाक्टर अरूप कुमार दास, मिरिक न्यायालयका पहिलो अधिवक्ता सूरज घिसिङ, घर घर लाहुरेका निर्देशक अवकाशप्राप्त हनरेरी कप्तान सुनिल तामाङ, रोगीहरूलाई अस्पताल लैजान ल्याउन सहयोग गरिरहेका बिजेन्द्र सेवा, भलिबल खेलाड़ी अनि मिरिक व्यवसाय सङ्गठनका अध्यक्ष सेवान राई, सामाजिक युवा कार्यकर्ता मनोज नामदुङ, पशु प्राणीको उपचारमा चौबीस घण्टा सक्रिय रहने पवन छेत्री अनि लेखिका कविता राई गाँउलेलाई अङ्ग-वस्त्र, जातीय टोपी अनि सम्बर्द्धना पत्र प्रदान गरेर मिरिक गौरव सम्मानले सम्मानित गरियो। मिरिकका महिलाहरूको सामाजिक संस्था पारिजात सङघ, सामाजिक कार्यकर्ता मनोज प्रसाईं, शिक्षा रत्न पुरस्कारले सम्मानित शिक्षक निर्मल सिङ्गर, युवा पर्यटन व्यवसायी छेवाङ तामाङ अनि मिरिक साहित्य सुनौ परिवारका अध्यक्ष अमर दुङमालीलाई पनि क्लबको पक्षबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो।
कार्यक्रममा बोल्दै मुख्य अतिथि अमर दुङ्ममालीले रिपोटर्स क्लब अफ मिरिकले गरेको कार्यको प्रशंसा गर्दै भीड़भित्रको अनुहारहरूलाई खोजेर सम्मान गर्ने कार्य गरेर रिपोटर्स क्लब अफ मिरिकले उदाहरणीय र प्रेरणादायी कार्य गरेको बताए। कार्यक्रम अध्यक्ष एसबी गजमेरले कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गर्दै रिपोटर्स क्लब अफ मिरिकको स्थापना, क्लबले गरिरहेको सामाजिक कार्य अनि क्लबका सदस्यहरूले निभाइरहेका जिम्मावारीबारे विस्तृत जानकारी गराए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.