Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

करेण्ट लागेर पूर्ण वयस्क हात्तीको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सुपारी बगान जोगाउनका लागि विद्युतीय तारको बार लगाइएको थियो। त्यसै तारको बारमा करेण्ट लागेर एक पूर्ण वयस्क हात्तीको मृत्यु भएको छ। यो घटना अलिपुरद्वारको कालचिनी ब्लकअन्तर्गत पश्चिम विजयपुर क्षेत्रमा भएको हो। उक्त क्षेत्र बक्सा व्याघ्र परियोजनाको ह्यामिलटन रेञ्जमा पर्छ।

स्थानीय सूत्रअनुसार विजयपुरको बस्ती क्षेत्रमा बस्ने काले सोनारले हात्तीको उपद्रवबाट आफ्नो सुपारी बगान जोगाउन तारको बारमा बिजुलीको करेण्ट जोड्ने गर्थे। राति तारको बारमा करेण्ट रहन्थ्यो। आइतवार राति एउटा पूर्ण वयस्क हात्ती बगानमा पसेर सुपारीका बोटहरू नष्ट गर्योो। त्यसपछि बाहिर निस्कने क्रममा करेण्ट लागेर हात्तीको मृत्यु भयो। सोमवार बिहान स्थानीय मानिसहरूले सुपारी बगानमा हात्तीको मृत शरीर देखे। सूचना पाएपछि वन विभागका अधिकारीहरू घटनास्थल पुगे। वन विभागका अधिकारीहरूले जनाएअनुसार वन्यजन्तु संरक्षण ऐनअनुसार यस्तो विद्युतीय तारको बार लगाउनु पूर्ण रूपले अवैध हो।
वन विभाग सूत्रअनुसार उक्त व्यक्ति शारीरिक रूपले रोगी छन्। तिनलाई उच्च रक्तचापको समस्या छ। त्यसकारण प्रमाण भए पनि तत्काल तिनलाई पक्राउ नगरी अस्पतालमा भर्ना गरिएको छ। तर 1972 को वन्यजन्तु संरक्षण ऐनअन्तर्गत उक्त व्यक्तिविरुद्ध मुद्दा दर्ता भइसकेको छ। यसबारे जानकारी दिँदै बक्सा व्याघ्र परियोजनाका अधिकारी अपूर्व सेनले भने, व्यक्ति स्वास्थ्य लाभ भएपछि साले सोनारलाई पक्राउ गरी न्यायालयमा प्रस्तुत गरिनेछ।उल्लेखनीय छ, दुई वर्षअघि पनि त्यसै क्षेत्रमा यस्तै तरिकाले एक पूर्ण वयस्क दाँताल हात्तीको पनि करेण्ट लागेर मृत्यु भएको आरोप लागेको थियो। स्थानीय मानिसहरूलाई सचेत गराउन बिजुली वितरण निगम र वन विभागले संयुक्त रूपमा अनेकौँ अभियान चलाए पनि साधारण मानिसहरूको चेतना अझै पनि नखुलेको यस घटनाले फेरि देखाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.