Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

वेतन नपाएपछि अस्थायी कर्मचारीहरूको प्रदर्शन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

वेतन नपाएपछि फेरि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको सुपर स्पेशियालिटी ब्लकका अस्थायी कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्। प्राप्त जानकारी अनुसार यस ब्लकका 274 जना अस्थायी कर्मचारीहरूले अझै जुलाई महीनाको वेतन पाएका छैनन्। त्यसको विरोध स्वरूप मङ्गलवार बिहानदेखि कर्मचारीहरूले सुपर स्पेशियालिटी ब्लकबाहिर प्रदर्शन गरेका हुन्।
उता यस आन्दोलनको प्रभाव रोगी सेवामा परेको छ। यस ब्लकका विभिन्न तल्लामा विभिन्न वहिर्विभागहरू छन्। रगत परीक्षणसितै अल्ट्रासाउण्ड तथा अन्य परीक्षणहरू पनि यहाँ हुन्छन्। ती सबै ठाउँमा रोगीलाई सहयोग गर्ने कार्य अस्थायी कर्मचारीहरूले नै गर्छन्। तर तिनीहरूले आन्दोलन आरम्भ गरेपछि रोगी सेवामा अवरोध भइरहेको आरोप उठेको छ।
आन्दोलनकारी नेतृ प्रतिमा चक्रवर्तीले भनिन्, प्रत्येक महीना वेतनमा समस्या भइरहेको छ। 10 तारिखभित्र वेतन दिनुपर्ने भए पनि 18-20 तारिख पुग्छ अनि यसपल्ट त अघिल्लो महीनाको वेतनसमेत पाएका छैनौँ। कर्मचारीहरूले यसरी कति दिन सहने? सबैको घरपरिवार छ। यसै प्रसङ्गमा मेडिकल सुपर डा. सञ्जय मल्लिकले भने, यस विषयमा स्वास्थ्य भवनसित कुराकानी गर्नेछु।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.