Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

युवतीहरूको बेचबिखनमा थप दुई पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

रोजगारको प्रलोभन देखाएर युवतीहरूलाई बेचबिखन गरिएको आशङ्कामा सिलगढ़ीको ठाकुरनगरमा निकै होहल्ला मच्चिएको छ। बेङ्गलुरुको एउटा इलेक्ट्रोनिक कम्पनीमा जागिर दिने नाममा अन्य राज्य लैजाँदै गर्दा न्यू जलपाइगढ़ी स्टेशनबाट जीआरपीले 56 जना युवतीहरूलाई उद्धार गरेको थियो। जीआरपी सूत्रअनुसार घटनासित सम्बन्धित संस्थाका प्रोग्राम को-अर्डिनेटर बिरेन्द्र प्रताप सिंहलाई पनि पक्राउ गरिएको छ। सोधपुछमा तिनले सिलगढ़ीको इष्टर्न बाइपासनजिक ठाकुरनगरमा झण्डै 2 लाख रुपियाँ भाड़ामा लिइएको घरमा कोर्स सञ्चालन हुने बताए। तर युवतीहरूलाई तालिम दिने बहानामा तिनीहरूलाई बेङ्गलुरुतर्फ बेचबिखन गर्न लागिएको जीआरपीलाई शङ्का छ। सोमवार एनजेपी स्टेशनबाट उद्धार गरिएका 56 युवतीहरू सोही कोर्समा सहभागी विद्यार्थी रहेका जानकारी प्राप्त भएको छ।
यसै घटनाको आरोपमा पक्राउ परेका जितेन्द्र कुमार अनि चन्द्रिमा करलाई मङ्गलवार जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको थियो। न्यायालयले तिनीहरूलाई 6 दिनको रिमाण्डमा पठाउने आदेश दिएको छ। त्यसपछि जीआरपीले आरोपी जितेन्द्र कुमारलाई साथमा लिएर ठाकुरनगरस्थित संस्थामा र नजिकैको एउटा होटलमा छापा मारेको थियो।
जीआरपी सूत्रले थप जानकारी दिएअनुसार त्यहाँबाट थुप्रै महत्त्वपूर्ण कागजात र सूचनाहरू फेला पारिएको छ। साथै उक्त होटलबाट एकजना अन्य व्यक्तिलाई पनि पक्राउ गरिएको छ जो यस समूहसित संलग्न रहेको आशङ्का गरिएको छ। संस्थाका को-अर्डिनेटर बिरेन्द्र प्रताप सिंहले मुख्यतः युवतीहरूलाई तालिमको नाममा बेङ्गलुरु पठाउने योजनामा थिए भन्ने आरोप लागेको जाँचमा खुलेको छ। जाँचका लागि जीआरपीले तिनलाई सोधपुछ गरेपछि पक्राउ गरी न्यायालयमा प्रस्तुत गरेको हो। रेल पुलिसले तिनको रिमाण्डको माग गर्ने जनाएको छ। यस सम्पूर्ण समूहसित अरू को–को संलग्न छन् भनेर पत्तो लगाउन जाँच जारी रहेको जीआरपीले जानकारी दिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.