Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एसएसबीद्वारा वृहत बिरुवा रोपण कार्यक्रम

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आठौँ वाहिनी सशस्त्र सीमा बल, खप्रेलले कमाण्डेण्ट मितुल कुमारको अगुवाइमा आफ्नो बिरुवा रोपण अभियान 2025 अन्तर्गत सम्पूर्ण वाह्य सीमा चौकीहरूमा बिरुवा रोपण कार्यक्रम गरिरहेको छ। यसै अभियानअन्तर्गत टिङलिङ डाँड़ा गाउँमा वृहत बिरुवा रोपण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा मिरिक पञ्चायत समितिका कर्माध्यक्ष आदित्य प्रधान, मिरिक पञ्चायत समितिकी कार्य अध्यक्षा आशा छेत्री, टिङलिङ चियाबारीका प्रबन्धक मोतीराम चौधरी र सहायक प्रबन्धक जगदीश चौधरीको उपस्थिति रहेको थियो। त्यससितै सौरेनी जन कल्याण फाउण्डेशनका पदाधिकारीहरू सञ्जय शर्मा, रेवाती खाती, सुवास मगर, रोजी प्रधान, रिङ्कू प्रधान तथा ग्रीन लन स्कूल, सौरेनी बजारका शिक्षक रञ्जित खवास र सुलक्षणा रुम्बा, स्कूलका लगभग 50 विद्यार्थी, सिरु गाउँ, डाँड़ा गाउँ अनि पिपली बोटे गाउँका मानिसहरूको पनि उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको आरम्भमा सामुदायिक हलमा बिरुवा रोपण अभियान सम्बन्धी जागरूकता कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि ग्रीन लन स्कूलका बालक-बालिका, सौरेनी जन कल्याण फाउण्डेशनका पदाधिकारीहरू र अन्य गणमान्य व्यक्तिहरूले सशस्त्र सीमा बलसित मिलेर जागरूकता र्या ली निकाले।

कार्यक्रमको अर्को चरणमा बिरुवा रोपण कार्यक्रम आयोजना गरियो। यसअन्तर्गत सामुदायिक भवन वरपर र डाँड़ा गाउँमा लगभग 320 बिरुवाहरू रोपियो। सशस्त्र सीमा बलको सीमा चौकी टिङलिङका इञ्चार्ज निरीक्षक प्रलय रायले उपस्थित सबैलाई बिरुवा रोपणको कार्य एकजुट भएर गर्नुपर्ने र धेरैभन्दा धेरै बिरुवा रोप्ने अनि रोपिएका बिरुवाहरूको हेरचाह गर्ने पनि सबैको जिम्मावारी रहने बताए। कार्यक्रममा उपस्थित सबै गणमान्य व्यक्तिहरूले बिरुवा रोपणको सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गरे र धेरैभन्दा धेरै बिरुवा रोपेर सुरक्षित राख्ने तथा हुर्काउने संकल्प लिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.