Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीमा बन्दको व्यापक प्रभाव

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

केन्द्रीय श्रम कानूनको विरोधमा श्रमिक सङ्गठनहरूले बुधवार डाकेका देशव्यापी 24 घण्टे हड़तालको सिलगढ़ीमा पनि व्यापक प्रभाव देख्न पाइएको छ। दुई चक्के वाहनहरूको सामान्य आवातजावत देखिए पनि बिहानैदेखि सिलगढ़ी मुख्य बजार बन्द रह्यो। विधान मार्केट, हङकङ मार्केटदेखि विधान रोड साथै हिलकार्ट रोडमा सबै दोकानपाट बन्द राखिएको थियो। सिलगढ़ीको मुख्य बजारमा मात्र नभएर अनन्य बजारहरूमा पनि बन्दको प्रभाव रह्यो।
त्यससितै उत्तर 24 परगनाको बेलघरिया र श्यामनगर स्टेशनमा रेल अवरोध गरिएको खबर छ। रेल अवरोधको कारण दैनिक यात्रीहरू समस्यामा परे। हुगली स्टेशनमा बन्द समर्थकहरू झण्डा लिएर रेल लाइनमा उभिएपछि केही समयसम्म रेल सेवा प्रभावित रह्यो। डोमजुरमा बन्द समर्थकहरू र पुलिसबीच पटक-पटक विवाद भएको खबर छ। पुलिसले ट्रक र बस रोक्न खोज्ने प्रदर्शनकारीहरूलाई हटाउँदा स्थिति तनाउपूर्ण बन्यो। हाउड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगनालगायत धेरै ठाउँमा बन्द समर्थकहरू सड़कमा उत्रिएका थिए।
बिहानैदेखि बिहारमा पनि बन्दको प्रभाव परेको खबर छ। राष्ट्रिय राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरिएको थियो। जहानाबाद स्टेशनमा रेल सेवा अवरुद्ध गरियो। बन्दसितै बिहारमा मतदाता नामावली संशोधन प्रक्रियाको पनि विरोध भइरहेको छ। यस विषयमा कङ्ग्रेस र आरजेडी पनि आन्दोलनमा सहभागी भएका छन्। मुजफ्फरपुर र बेगुसरायमा राष्ट्रिय राजमार्ग अवरुद्ध गरी आरजेडीका समर्थकहरूले प्रदर्शन गरेका खबर छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.