गोरुबथान माल बस्तीको महाकालेश्वर मन्दिर निर्माण समितिका 25 सदस्यीय प्रतिनिधि मण्डलले आज गोरखाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापासित भेट गरेको छ। यस भेटको मुख्य उद्देश्य निर्माण हुने महाकालेश्वर मन्दिरका लागि आर्थिक तथा प्रशासनिक सहयोग रहेको थियो। समितिले मन्दिर निर्माणका लागि जीटीएको सहयोगको अपील गरेपछि प्रमुख कार्यपाल थापाले आवश्यक सहयोगको आश्वासन दिएका छन्। प्रतिनिधि मण्डलले कन्सर्टो क्लबको नवनिर्मित भवनको उद्घाटन समारोहमा थापालाई निमन्त्रणा पनि दिएको छ। जीटीए प्रमुखले त्यस निमन्त्रणलाई स्वीकार गर्दै उक्त कार्यक्रममा उपस्थित हुने वाचा गरे। भेटघाट सकारात्मक रह्यो।



