जामुनेमा आयोजित गोर्खा भलिबल प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न, आगामी जनवरीसम्म सञ्चालन हुने

युवाहरू तथा समाजलाई अनुशासित, स्वस्थ र लागुऔषधमुक्त जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले गोक युवा खेलकुद संघको आयोजनामा जामुने पर्यटकीय परिसरमा सञ्चालित ‘गोर्खा भलिबल प्रतियोगिता’ को पहिलो चरणका खेलहरू सम्पन्न भएका छन्।दार्जिलिङ पहाडलगायत आसपासका विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी नाम चलेका तथा प्रतिस्पर्धी भलिबल टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिता आगामी वर्ष जनवरी महिनासम्म सञ्चालन हुने आयोजक पक्षले जनाएको छ।
यसैबीच, स्थानीय साना किसानहरूलाई प्रोत्साहन गर्दै उनीहरूका कृषि उत्पादनलाई बजार उपलब्ध गराउने उद्देश्यले ‘गोर्खे हाट’ (बजार) पनि सुरु गर्ने तयारी गरिएको छ। उक्त हाटमा इच्छुक किसान तथा स्थानीय बासिन्दाले आफ्ना उत्पादन फलफूल, सागसब्जी, चामललगायतका सामग्री बिक्रीका लागि ल्याउन सक्ने भएकोले आयोजकले यस पहलमा सबैलाई सहभागी हुन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *