Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मुख्यमन्त्री आइदिनु नै ठूलो कुरो हो

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

गत 4 अक्टोबरको विनाशकारी पैह्रोमा परेर मिरिक नगरपालिका वार्ड तीन लेक साइटका तीनजनाको ज्यान गएको थियो। पैह्रोले थिच्दा उक्त घरका उषा राई (72), विजेन्द्र राई (70) अनि पाहुना साधना तामाङ (35) को मृत्यु भएको हो। सोही स्थानमा मङ्गलवार पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी पुगेर पैह्रोको निरीक्षण गरिन् भने पीड़ित परिवारसित कुराकानी गरिन्।
मुख्यमन्त्रीको उक्त भ्रमणको प्रसङ्गमा पीड़ित परिवारको पक्षमा स्मिता राईले भनिन्, आपदको क्षणमा राज्यकी मुख्यमन्त्री घरसम्म आएर सान्तवना प्रकट गर्दा केही मन हलुको भएको छ।

हामीलाई सम्झेर मुख्यमन्त्री आइदिनु नै ठूलो कुरो हो। मुख्यमन्त्रीले आफूहरूलाई आफ्नै हातबाट राहत सामग्री प्रदान गरेकी जानकारी गराँउदै तिनले भनिन्, मुख्यमन्त्रीप्रति हामी आभार प्रकट गर्दछौँ। तिनले भनिन्, मुख्यमन्त्रीले घोषणा गरेअनुसार हामीले क्षतिपूर्ति पाइसकेका छौँ। हामीलाई राहत सामग्रीको कुनै अभाव छैन। सबैले हामीलाई साथ र सहयोग गरिरहेका छन्।

तिनले मृत परिवारको पक्षबाट जीटीए चीफ अनित थापा, दार्जीलिङका जिल्ला शासक, मिरिक महकुमा शासक, मिरिक खण्ड विकास अधिकारी, मिरिक नगरपालिका अध्यक्ष, सभासदहरू, विभिन्न सङ्घ संस्था अनि गाउँ समाजप्रति पनि आभार प्रकट गरेकी छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.