Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

उत्तर बङ्गालमा चिसोसितै हल्का–हल्का वर्षा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

आकाश घना कालो बादलले ढाकेको छ। त्यससितै हल्का–हल्का वर्षा भइरहेको छ। चिसो हावा पनि बहिरहेको छ। संक्षेपमा भन्नुपर्दा सिलगढ़ीसहित सम्पूर्ण उत्तर बङ्गालको मौसम यस्तै छ। बिहानको तापक्रम 11 डिग्री थियो। दिउँसो तापक्रम केही बढ़े पनि चिसोको अनुभूति उस्तै रह्यो। सोमवारदेखि यस्तै प्रतिकूल मौसमले वासिन्दाहरू हैरान भएका छन्।जाड़ोको अनुभूति कम्ती गर्न कतै दाउरा बालेर मानिसहरूले शरीर तताइरहेका छन्।

कतै घरमै रुम हिटर बालेर तापक्रम सामान्य राख्ने प्रयास भइरहेको छ। यस्तो मौसममा स्वाभाविक रूपमा सड़कमा मानिसको आवतजावत घटेको छ। आवश्यक परेकाहरू मात्र सड़कमा निस्कँदा टाउकोदेखि खुट्टासम्म न्यानो कपड़ाले शरीर ढाकिरहेका छन्। तर त्यसबाट पनि खासै धेरै आराम मिलेको छैन। सबैभन्दा दयनीय अवस्था वृद्ध-वृद्धा र बालक-बालिकाहरूको छ। यसपालि धेरै चिसो पर्न सक्ने केन्द्रीय मौसम विभागले पहिल्यै चेताउनी दिएको छ।

मौसम विभागको अनुमानअनुसार यस्तो मौसम कम्तीमा 4 जनवरीसम्म कायम रहनेछ। यसले चिन्ता अझै बढ़ाएको छ। चिकित्सकहरू पनि चिन्तित छन्। तिनीहरूको सल्लाहअनुसार यस समयमा वृद्ध-वृद्धा अनि बालक-बालिकाले बाहिर ननिस्कनु नै राम्रो हुनेछ। न्यानो कपड़ा लगाउने अनि मसालेदार खाना टार्नुपर्ने पनि तिनीहरूको सुझाउ छ। उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालका चिकित्सक सन्दीप सेनगुप्ताले भने, बादल लागेको र हावामा जल वाष्प भएकाले स्वास्थ्य बिग्रने सम्भावना अधिक हुन्छ। त्यसैले बाहिर ननिस्कनु नै उचित हुन्छ। चिसो लागे नाकमार्फत तातो पानीको बाफ लिनुपर्छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.