Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

नक्सलबारीमा ब्राउन सुगरसहित दुई पक्राउ

नक्सलबारी एशियन हाईवे–2 मा मादक पदार्थ वितरणको योजना पुलिसले असफल बनाएको छ। 124 ग्राम ब्राउन सुगरसहित 2 मादक पदार्थ कारोबारीहरू पुलिसको जालमा परे। प्राप्त जानकारीअनुसार अबेर राति नक्सलबारीको रथखोलानजिक एउटा होटलको छेउको सुनसान क्षेत्रमा मादक पदार्थ वितरण गर्ने योजना बनाइएको थियो। गुप्त सूचनाका आधारमा नक्सलबारी थानाको सादा पोसाकधारी पुलिसले अभियान चलाएर दुई युवकहरूलाई नियन्त्रणमा लियो। […]
Read more

दुई ट्रकको मुखामुखी ठक्कर

जलपाइगढ़ीको धूपगुड़ीमा शुक्रवार सखारै बिहान एक भीषण दुर्घटना भएको छ। एशियन हाइवेको धूपगुड़ी स्टेशन मोड़नजिक ओभरब्रिज क्षेत्रमा दुई ट्रक मुखामुखी ठोक्किन पुगे। दुर्घटनामा दुवै ट्रकका चालक गम्भीर घाइते भएका छन्। स्थानीय सूत्रअनुसार फालाकाटाबाट मल बोकेको एक ट्रक हल्दीबारीतर्फ जाँदै थियो। त्यसै समय विपरीत दिशाबाट अर्को ट्रक असमतर्फ जाँदै थियो। ओभरब्रिजनजिक पुग्दा असमतर्फ गइरहेको ट्रकले नियन्त्रण […]
Read more

जङ्गलमा पिकनिकमाथि प्रतिबन्ध जारी

यो वर्ष पनि आफ्नो अधीनका जङ्गलहरूमा पिकनिक गर्न प्रतिबन्ध जारी गरेको छ वन विभागले। यसपल्ट अझ कठोरतासित निगरानी र प्रचार-प्रसार गरिने जानकारी आएको छ। पिकनिक प्रतिबन्ध सम्बन्धी पोस्टर टाँस्ने प्रक्रिया पनि आरम्भ भइसकेको छ। त्यससितै माइकमार्फत प्रचार-प्रसार पनि आरम्भ गरिएको छ। त्यसबाहेक जङ्गलभित्र रहेका पिकनिक स्थलहरूमा वन विभाग र पुलिसले संयुक्त रूपमा क्याम्प गरेर निरन्तर […]
Read more

मिरिकमा सुन्तला टिपाई आरम्भ

दार्जीलिङ पहाड़मा चियासितै कृषकहरूले सुन्तलाको खेतीलाई पनि एक प्रमुख नगदी बालीको रूपमा खेती गर्ने गर्छन्। विशेष गरी पहाड़को बस्ती क्षेत्रमा अधिक मात्रामा सुन्तलाको खेती गरिन्छ। भौगोलिक दृष्टिकोणले मिरिक महकुमाको डुप्टिन नम्बर दसमा अधिक मात्रामा सुन्तलाको खेती हुने गर्दछ। यति बेला डुप्टिनको प्रत्येक सुन्तला बगानमा फल टिपाई आरम्भ भइसकेको छ।एक उद्यमी कृषक देवराज गुरुङको सुन्तला बगानमा […]
Read more

काउले गाउँमा यातायात सुचारु

मिरिक नगरपालिका वार्ड नम्बर 6 को काउले गाउँमा गत 4 अक्टोबर गएको भीषण पैह्रोको कारण अवरुद्ध बनेको सड़क पुन सञ्चालनमा आएको छ। स्थानीय वासिन्दाहरूको निरन्तर माग र अनुरोधपछि मिरिक आईजीजेएफका संयोजक प्रशान्त लामा अनि सञ्जीव लामाले पहल गर्दै जेसीबी उपलब्ध गराउँदा सड़क सफा गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ।पैह्रोको कारण सड़क अवरुद्ध हुँदा काउले […]
Read more

विधान रोडमा कब्जामुक्त गर्न ट्राफिक पुलिसको अभियान

शहरको यातायात आवागमन सामान्य राख्ने उद्देश्यमा सिलगढ़ी कमिश्नरेट पुलिसले ट्राफिक विभागको पहलमा विधान रोडमा फूटपाथ र सड़क अतिक्रमण विरुद्ध अभियान चलाएको छ। विशेष अभियानको आरम्भ स्टेडियमको फोसिन गेटबाट गरिएको थियो।ट्राफिक पुलिस सूत्रअनुसार विधान रोडको फूटपाथ र सड़क बारम्बर अनियन्त्रित रूपमा पसलहरूले कब्जा गर्दै आएका थिए। सोमवारको कारवाहीमा कब्जा गरेर राखिएको सम्पूर्ण सामग्री हटाइयो। साथै व्यापारीहरूलाई […]
Read more

गम्भीर बिरामी टेबल टेनिस खेलगुरु अमित दाम

शरीरमा इन्फेक्सनका कारण ज्वरोले पीड़ित भइरहेको समय शारीरिक अवस्था तीव्र रूपले बिग्रँदै गइरहेको छ सिलगढ़ी तथा उत्तर बङ्गालका टेबल टेनिस खेलगुरु अमित दामको। गत शनिवार तिनलाई तीव्र ज्वरो आएको थियो। पछि ज्वरो केही कम्ती भए पनि शरीरमा इन्फेक्सन लगातार बढ़िरहेको जानकारी प्राप्त भएको छ। त्यसपछि चिकित्सकहरूको सल्लाहअनुसार सोमवार मध्य राति हिलकार्ट रोडस्थित एउटा निजी नर्सिङ […]
Read more

न्यूनतम मजदुरीका लागि श्रममन्त्रीलाई पत्र

इण्डियन गोर्खा जनशक्ति फ्रण्टअन्तर्गत मिरिक महकुमा श्रमिक सङ्गठनले चिया श्रमिकहरूको न्यूनतम मजदुरी सुनिश्चित गर्न तत्काल कदम चाल्ने माग गर्दै पश्चिम बङ्गालका श्रममन्त्री मलय घटकलाई औपचारिक रूपमा पत्र पठाएको छ। मिरिक श्रमिक सङ्गठनका प्रतिनिधिहरूले डाक विभागमार्फत उक्त पत्र पठाएका हुन्। श्रमिकहरूले पठाएका पत्रमा उल्लेख गरेअनुसार विश्वकै सबैभन्दा कम्ती ज्यालामा काम गर्न बाध्य चिया श्रमिकहरूको जीवन स्तर […]
Read more

एनजेपी कार्यको निरीक्षणमा सांसद राजु विष्ट

जारी आधुनिकीकरण र विकास सम्बन्धी कार्यको प्रगति निरीक्षण गर्न शुक्रवार दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्ट एनजेपी स्टेशन पुगे। स्टेशन परिसरमा आएर तिनले पूर्व रेलवेका शीर्ष अधिकारीहरूसित एक उच्चस्तरीय बैठकमा सहभागिता जनाए। निरीक्षणको क्रममा सांसदले स्टेशनमा यात्री सुविधाको विस्तार, नयाँ प्लेटफर्म निर्माण कार्य, ट्र्याक तथा गेट मरम्मती, यात्री सुरक्षा सम्बन्धी व्यवस्था र आधुनिक सेवा सम्बन्धी […]
Read more

डब्बल डेकर बस नचलाउने निर्णय

कोचबिहारको सड़कमा अब उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) को एकमात्र दुई तल्ले बस देख्न पाइने छैन। स्थायी रूपमा दुई तल्ले बसलाई केवल प्रदर्शनीका लागि सुरक्षित राख्ने निर्णय निगमले गरेको छ। यसका लागि शहरको सिल्भर जुब्ली रोड छेउमा रहेको निगमको पुरानो बस स्ट्याण्डमा स्थान पनि पहिचान गरिएको छ। एनबीएसटीसीका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाइले भने, शीघ्रै […]
Read more
1 8 9 10 11 12 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.