Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

माध्यमिक परीक्षामा राज्यमै प्रथम अभिरूप

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

माध्यमिक परीक्षामा उत्तर दिनाजपुरका अभिरूप भद्रले राज्यमा पहिलो स्थान प्राप्त गरेका छन्। अभिरूप रायगञ्ज शारदा विद्यामन्दिरका विद्यार्थी हुन्। माध्यमिक परीक्षामा तिनले 698 अङ्क प्राप्त गरेका छन्। शुक्रवार परिणाम सार्वजनिक भएसितै अभिरूपको परिवारमा खुशीको लहर छाएको छ। छिमेकीदेखि आफन्तसम्म सबैजना तिनलाई भेट्न घरमा पुगेका छन्। शिक्षा विभागसहित जिल्ला प्रशासन र पुलिसले तिनलाई बधाई सन्देश दिएको छ। रायगञ्जका विजयी भाजपा उम्मेद्वार कौशिक चौधुरीले पनि तिनलाई शुभकामना दिएका छन्। यसका साथै विभिन्न व्यापारी सङ्गठनबाट पनि बधाई सन्देश आएको छ।
तिनी पाँचौँ कक्षामा पढ्दा सन् 2020 मा तिनका पिताको निधन भएको थियो। त्यसपछि आमाको सहयोगमै तिनको पढ़ाई र लालन-पोषण भएको हो। नियमित र अनुशासित रूपमा पढ़ाई जारी राखेकै कारण यो सफलता प्राप्त भएको अभिरूपले बताएका छन्। भविष्यमा आफू सफ्टवेयर इञ्जिनियर बन्न चाहने तिनले जनाए।
आमा इन्द्राणीअनुसार, छोरालाई कहिल्यै पढ्न भनेर भन्नु परेन। तिनले आफ्नै इच्छाअनुसार पढ़ाई गर्थे र त्यसकै परिणाम स्वरूप यो सफलता प्राप्त भएको हो। उल्लेखनीय छ, उत्तर दिनाजपुर जिल्लाबाट केवल पहिलो स्थान प्राप्त गर्ने मात्र नभई जम्मा 14 जना विद्यार्थीहरूले राज्यको मेरिट सूचीमा स्थान प्राप्त गरेका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.