Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बाढ़ी नियन्त्रण कार्य रोकिँदा पुनः दुःख भोग्नुपर्ने आशङ्का

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

54 वटा कार्यका लागि एक महीनाअघि सिँचाइ विभागले 80 करोड़ रुपियाँको टेण्डर आह्वान गरेको थियो। त्यसअनुसार दरपत्र पनि प्रस्तुत गरिएको थियो। तर चुनाउ आचारसंहिताका कारण ती कार्यहरू रोकिएका छन्। समयमा कार्य पूरा नभएमा टिस्टा, तोर्सा, महानन्दा र बालासन नदी किनारमा बसोवास गर्ने मानिसहरूले फेरि दुःख भोग्नुपर्ने आशङ्का गरिएको छ। बाढ़ी नियन्त्रण सम्बन्धी कार्य तुरुन्त आरम्भ गर्नका लागि गत साता सिँचाइ विभागले चुनाउ आयोगलाई पत्र लेखेर अनुमति मागेको थियो। तर अहिलेसम्म आयोगबाट कुनै जवाब आएको छैन।
उत्तर–पूर्व विभागका प्रमुख अभियन्ता कृष्णेन्दु भौमिकले भने, कार्यको महत्त्व बुझाएर आयोगसित अनुमति लिन प्रयास भइरहेको छ। हेरौँ अनुमति पाइन्छ कि पाइँदैन। मनसूनअघि नै टिस्टा, तोर्सालगायत विभिन्न नदीहरूमा कटाउ रोकथाम तथा बाढ़ी नियन्त्रणका कार्य सम्पन्न गर्न मार्च महीनामा 80 करोड़ रुपियाँको टेण्डर निकालिएको थियो। तर चुनाउको मिति घोषणा भएपछि टेण्डर खोल्न सकिएको छैन। बाढ़ी नियन्त्रणबाहेक टिस्टा र करला नदीको खनन कार्य पनि रोकिएको छ। 54 वटा कार्यमध्ये जलपाइगढ़ी शह नजिकै बालापाड़ामा रहेको टिस्टा बाँध मरम्मती पनि समावेश छ।
गत वर्ष अक्टोबरमा आएको भीषण बाँढ़ीले उक्त बाँधको केही भाग क्षतिग्रस्त भएको थियो। उत्तर बङ्गालमा लगभग तीन हप्ताभित्र प्री–मनसून वर्षा आरम्भ हुनसक्ने सम्भावना छ। मौसम, वर्षा र नदीको अवस्थामाथि निगरानी राख्नका लागि 1 जूनदेखि विभागले नियन्त्रण कक्ष सञ्चालन गर्नेछ। यस अवस्थामा चुनाउ आचारसंहिता हटेपछि वर्कअर्डर जारी गरेर कार्य आरम्भ गर्न मई महीनाको दोस्रो साता नाघ्नेछ। त्यसैले समयमा बाढ़ी नियन्त्रणका कार्यहरू पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ। कृष्णेन्दुले भने, मनसूनअघि प्रत्येक कार्य महत्त्वपूर्ण छ। चुनाउ आचारसंहिता लागू हुनाले कार्य आरमभ गर्न समस्या भइरहेको छ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.