Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सर्वाधिक मत अन्तरले विजयी आनन्दमय

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

केही सयदेखि पाँच–छ हजार मतको अन्तरमा जीत–हार तय भएका आसनहरू दर्जनौँ छन्। तर त्यहीँ ठूलो अन्तरले जित्ने उम्मेद्वारहरूको सङ्ख्या पनि उल्लेखनीय छ। तर 70 हजार वा त्यसभन्दा बढ़ी मतको अन्तरले जित्ने उम्मेद्वारको सङ्ख्या भारतीय जनता पार्टी र तृणमूल कङ्ग्रेस दुवै शिविर मिलाएर जम्मा दश मात्र छन्। तीमध्ये सातजना भाजपाका छन्। चुनाउ आयोगले उपलब्ध गराएको तथ्याङ्कका आधारमा 2026 को विधानसभा चुनाउमा सबैभन्दा बढ़ी मतान्तरले जित्ने उम्मेद्वार मतिगढ़ा–नक्सलबारी आसनका भाजपा उम्मेद्वार आनन्दमय बर्मन हुन्।
आनन्दमय बर्मनले 1 लाख 4 हजार 265 मतान्तरले विजय हासिल गरेका छन्। त्यहाँ तिनका निकटतम प्रतिद्वन्द्वी तृणमूल कङ्ग्रेसका शङ्कर मालाकर थिए। प्रकाशित परिणामका आधारमा भन्न सकिन्छ कि 70 हजारभन्दा अधिक मतान्तरले जित्ने घटना सबैभन्दा बढ़ी उत्तर बङ्गालमा भएको छ। डाबग्राम–फूलबारी केन्द्रमा भाजपाकी उम्मेद्वार शिखा चट्टोपाध्यायले 97715 मतले जित हासिल गरेकी छन्।
सिलगढ़ीमा भाजपाका शङ्कर घोष 73192 मतले, कालियागञ्जमा भाजपाका उम्मेद्वार उत्पल ब्रह्मचारी 76425 मतले, हबीबपुरमा भाजपाका जोएल मुर्मू 78,188 मतले, इङ्लिसबजारमा भाजपाका अम्लान भादुड़ी 93789 मतले र गोयालपोखरमा तृणमूलका गुलाम रब्बानी 83790 मतले जितेर कीर्तिमान बनाएका छन्। कृष्णनगर उत्तरमा भाजपाका तारकनाथ चट्टोपाध्याय 78,361 मतले, दक्षिण 24 परगनाको क्यानिङ पूर्वमा तृणमूलका बहारुल इस्लाम 91954 मतले र मेटियाबुरुजमा तृणमूलका अब्दुल खालेक मोल्ला 87879 मतले विजयी बनेका छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.