Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

ममता ब्यानर्जीको समर्थनमा अनशनमा मन्त्री उदयन गुहा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

चुनाउको तयारीका लागि चुनाउ आयोगको पूर्ण बेञ्च राज्यमा पुगेको छ। अर्कातिर एसआईआर मुद्दाबारे कोलकातामा तृणमूल नेतृ तथा मुख्यमन्त्री ब्यानर्जीको धर्ना सोमवार चौथो दिनमा पुगेको छ। पार्टी नेतृको आन्दोलनलाई समर्थन साथै आयोगमाथि प्रहार गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहा 24 घण्टे अनशनमा बसेका छन्। सोमवार पश्चिम बङ्गालको उत्तरी सीमावर्ती कोचबिहार जिल्लाको दिनहाटा महकुमा शासकको कार्यालयअघि उदयन गुहाको नेतृत्वमा आयोजित सामूहिक अनशनमा लगभग 200 नेता–कार्यकर्ताहरू सहभागी भए। दिनहाटाका विधायक उदयनले भने, विचाराधीन भन्दै राज्यका 60 लाख मतदाताहरूलाई चुनाउ प्रक्रियाबाट टाढ़ा राख्ने प्रयास आयोगले गरिरहेको छ। यसबाट भाजपालाई फाइदा पुर्या उने प्रयास भइरहेको तिनको आरोप छ। तिनले भने, केवल मेरो विधानसभा क्षेत्रमै 36 हजार मतदातालाई आयोगले विचाराधीन बनाएको छ। गलत तरिकाले एसआईआर प्रक्रिया सञ्चालन गर्दा धेरै मानिसहरूले आत्महत्या समेत गरे। यी सबैको विरोधस्वरूप तिनले सोमवारदेखि 24 घण्टे अनशन आरम्भ गरेका हुन्।
दुई दिनअघि नै सामाजिक सञ्जालमार्फत पोष्ट गरेर उदयन गुहाले अनशनमा बस्ने घोषणा गरेका थिए। सोमवार उदयनको अनशनस्थलमा जिल्लाका तृणमूल नेताहरूको ठूलो हिस्सा उपस्थित भएको देखियो। तर अन्य कोही अनशनमा बस्नेछन् कि बस्ने छैनन् भन्ने स्पष्ट छैन। साधारण नागरिकलाई अन्तिम मतदाता सूचीमा विचाराधीन भनेर उल्लेख गरेर चुनाउ आयोगले हैरानी गरिरहेको तृणमूलको आरोप छ। डरका कारण केही मानिसहरूले आत्महत्या गर्ने पथ रोजिरहेका छन्। जीवित हुँदाहुँदै पनि धेरै मतदातालाई मृत घोषणा गरिएको छ। यसका लागि उदयनहरूले भाजपा र आयोगलाई कठघरामा उभ्याएका छन्।
उल्लेखनीय छ, कोचबिहार जिल्लामा लगभग 2 लाख 35 हजार मानिसको नाम अन्तिम मतदाता सूचीमा विचाराधीनको रूपमा राखिएको छ। विधानसभा चुनाउअघि ती सबैको समाधान हुनेछ कि हुँदैन भन्ने विषयमा उदयनहरू गम्भीर शङ्कामा छन्। तिनले भने, तुरुन्तै विचाराधीन सबैको नाम मतदाता सूचीमा समावेश गर्नुपर्छ। राज्यमा चुनाउ आयोगको पूर्ण बेञ्च आएको छ। त्यसैले हामीले सोमवारदेखि आन्दोलन गर्ने निर्णय गरेका छौँ। म स्वयं अनशन आन्दोलनमा छु। पार्टीका ब्लक अध्यक्ष, क्षेत्रीय अध्यक्षदेखि कार्यकर्तासम्म सबै यस आन्दोलनमा सहभागी छन्।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.