Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

खुल्ला आकाशमुनि थन्किएका भोल्भो बसहरू

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

आरामदायी बसमा ढुक्कले सुत्दै यात्रा गर्न सकिने अपेक्षा गरिन्छ। तर बसको चक्का नै नचलेपछि यात्रा कसरी आरम्भ हुन्छ! यात्री सेवा आरम्भ हुने प्रतीक्षामा महँगो भोल्भो बसहरू अहिले पनि कोचबिहार सेण्ट्रल बस टर्मिनसमा थन्किएका छन्। गत 16 जनवरीमा सिलगढ़ीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बङ्गाल राज्य परिवहन निगमका लागि छवटा अत्याधुनिक स्लीपर भोल्भो बसहरूको उद्घाटन गरेकी थिइन्। तर उद्घाटनपछि लगभग दुई महीना बित्न लाग्दा पनि ती बसहरू अझै यात्री सेवामा प्रयोग हुन सकेका छैनन्। बसहरू कोचबिहार सेण्ट्रल बस टर्मिनसमा खुल्ला आकाशमुनि नै थन्किएका छन्। लामो समयसम्म घाममा राखिएको र धुलोमाटोले ढाकिएको कारण ती बसहरूको चमक हराइसकेको छ। करोड़ौँ रुपियाँ मूल्यका यी चम्किला बसहरू अहिले हेर्दा एकदमै नयाँ हुन् भनेर चिन्नै गाह्रो भएको छ।
राज्य सरकारी परिवहन व्यवस्थामा पहिलोपल्ट नर्थ बेङ्गल स्टेट ट्रान्सपोर्ट कोर्पोरेशनमार्फत भोल्भो स्लीपर सेवा आरम्भ गर्ने योजना बनाइएको हो। यी छवटा बस किन्न सरकारलाई कुल 11 करोड़ 36 लाख रुपियाँ खर्च भएको छ। यति महँगो बस किने पनि निगमले मुख्यतः भाड़ा निर्धारणको जटिलताका कारण ती बसहरू सड़कमा उतार्न सकेको छैन। यात्रीहरूका लागि टिकटको मूल्य वा भाड़ा कति हुने भन्ने कुरा राज्य परिवहन विभागले अझै अन्तिम रूपमा तय गरेको छैन।
निगम सूत्रअनुसार, कोचबिहार परिवहन विभागले विभिन्न मार्गका लागि अनुमानित भाड़ाको सूची तयार गरी लगभग डेढ़ महीनाअघि नै उच्च अधिकारीहरूलाई पठाइसकेको छ। अहिले त्यो फाइल राज्य परिवहन विभागमै अड़किएको छ। नियमअनुसार परिवहन विभागबाट फाइल अर्थ विभागमा पठाइनेछ। त्यहाँबाट अन्तिम स्वीकृति आएपछि मात्र बसहरूको चक्का घुम्नेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.