Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

माना दुर्घटनामा तीनको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

फेरि पहाड़मा दुःखद सड़क दुर्घटना भएको छ। यात्रीहरू बोकेको वाहन पहाड़बाट खस्दा तीनजनाको मृत्यु भएको छ। आइतवार राति घटनाको यो दुर्घटना खरसाङको माना भन्ने स्थानमा भएको हो। निर्जन पहाड़ी क्षेत्रमा यो दुर्घटना भएको कारण पहिले कसैलाई थाहा भएन। लामो समयपछि सोमवार बिहान दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको हो। त्यससितै तीनजनाको शव पनि फेला परेको छ। मृत व्यक्तिहरूमध्ये एकजना स्थानीय पञ्चायत सदस्य पनि रहेका छन्। स्थानीय सूत्रअनुसार खरसाङदेखि सिटोङ फर्कने क्रममा वाहन पहाड़बाट खसेको थियो। तीनजनाको मृत्यु भयो भने गाड़ी चालक दुर्घटनामा गम्भीर रूपले घाइते भएका छन्। तिनलाई सिलगढ़ीको एक नर्सिङ होममा भर्ना गरिएको छ।

पुलिस सूत्रअनुसार तीन मृत व्यक्तिहरूको नाम क्रमशः ब्रिगेन भुजेल, रुपेन खवास अनि रमेश गुरुङ हो। ब्रिगेन भुजेल स्थानीय पञ्चायत सदस्य थिए। तिनी अनित थापाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सदस्य थिए। तिनको निधनमा अनित थापाले शोक प्रकट गरेका छन्।आइतवार राति खरसाङदेखि सिटोङ फर्कने क्रममा बाक्लो कुहिरोको कारण गाड़ी सड़कबाट झरेको पुलिसले प्रारम्भिक अनुमान गरेको छ। राति गाड़ी सड़कबाट झरेको हुनाले समयमा दुर्घटना भएको थाहा कसैलाई भएन। सोमवार बिहान गाड़ी सड़कबाट झरेको देखिएपछि पुरै क्षेत्रमा सनसनी फैलियो। सबैभन्दा पहिले स्थानीय मानिसहरूले उद्धार कार्य आरम्भ गरे। पछि पुलिस र दमकललाई जानकारी गराइयो। पुलिस र दमकल टोलीले धेरै घण्टाको प्रयासपछि उद्धार कार्य सफलतापूर्वक सम्पन्न गरे। दुर्घटना यति भयङ्कर थियो कि गाड़ी पूर्ण रूपले क्षतिग्रस्त भएको छ।

यद्यपि तीन यात्रीको मृत्यु भए पनि गम्भीर घाइते अवस्थामा चालकलाई उद्धार गर्न सम्भव भएको छ। शवहरूलाई उद्धार गरी पोष्टमर्टमका लागि दार्जीलिङ सदर अस्पताल पठाइएको पुलिसले जनाएको छ।दुर्घटना कारणबारे खरसाङ थाना पुलिसले जाँच गरिरहेको छ। चालक केही स्वस्थ भएपछि पुलिसले बयान लिने बताइएको छ। यस विषयमा दार्जीलिङका जिल्ला प्रशासक मनीष मिश्राले भने, सिटोङमा एउटा दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ। भागोप्रमोका प्रवक्ता एसपी शर्माले भने, दुर्घटनामा हाम्रो पार्टीका एक सक्रिय सदस्य तथा स्थानीय पञ्चायत सदस्य ब्रिगेन भुजलको निधन भएको छ। रातको अन्धकारमा दुर्घटना भएको हो। हामी पीड़ित परिवारको साथमा पूर्ण रूपमा रहनेछौँ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.