Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

दुई ट्रकको मुखामुखी ठक्कर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

जलपाइगढ़ीको धूपगुड़ीमा शुक्रवार सखारै बिहान एक भीषण दुर्घटना भएको छ। एशियन हाइवेको धूपगुड़ी स्टेशन मोड़नजिक ओभरब्रिज क्षेत्रमा दुई ट्रक मुखामुखी ठोक्किन पुगे। दुर्घटनामा दुवै ट्रकका चालक गम्भीर घाइते भएका छन्। स्थानीय सूत्रअनुसार फालाकाटाबाट मल बोकेको एक ट्रक हल्दीबारीतर्फ जाँदै थियो। त्यसै समय विपरीत दिशाबाट अर्को ट्रक असमतर्फ जाँदै थियो। ओभरब्रिजनजिक पुग्दा असमतर्फ गइरहेको ट्रकले नियन्त्रण गुमाएर मल बोकेको ट्रकलाई जोरदार ठक्कर दियो। भीषण आवाजसितै छेउछाउको क्षेत्र कम्पित भयो। दुर्घटनाका कारण फालाकाटाका वासिन्दा ट्रक चालक समीयर सरकार र असमका वासिन्दा रञअजन साव स्टेरिङले च्यापिएर अड्किए। लगभग आधा घण्टासम्म तिनीहरू गाड़ीभित्रै फँसै। स्थानीय मानिसहरूले उद्धार गर्न सकेनन्।
खबर पाएपछि दमकल टोली र धूपगुड़ी थाना पुलिस घटनास्थलमा पुगे। स्थानीय मानिसहरूको सहयोगमा दुवैजनालाई गाड़ी भित्रबाट उद्धार गरी धूपगुड़ी महाकुमारी अस्पताल लगियो। घाइतेमध्ये रञ्जन सावको अवस्था अत्यन्तै गम्भीर हुनाले तिनलाई जलपाइगढ़ी जिल्ला अस्पताल रेफर गरिएको छ। अर्कातिर समीयर सरकारलाई धूपगुड़ी महाकुमारी अस्पतालमै भर्ना गराइएको छ र हाल त्यहीँ उपचाराधीन छन्।
दुर्घटनाको कारण एशियन हाइवेका दुवै दिशामा भीषण ट्राफिक जाम सिर्जना भयो। केही समय आवतजावत पूर्ण रूपमा रोकिएको थियो। पछि अवस्था सामान्य बनाइयो। धूपगुड़ी शहरमा दुर्घटनाहरू बढ़िरहेका छन् अनि शहरवासीहरू आतङ्कित अवस्थामा दिन बिताइरहेका स्थानीय मानिसहरूले गुनासो व्यक्त गरे। ट्राफिक व्यवस्था र सवारी साधनहरूको लापरवाही आवातजावात विषयमा आक्रोश प्रकट गर्दै क्षेत्रका थुप्रै मानिसहरूले प्रश्न उठाएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.