Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीको निजी नर्सिङ होममा आगलागी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बिहीवार राति सिलगढ़ीको हाकिमपाड़ास्थित एक निजी नर्सिङ होममा आगलागी भएको छ। अस्पतालको ग्राउण्ड फ्लोरमा रहेको स्टोर रूमबाट अचानक धुँवा र आगोको ज्वाला निस्कँदा रोगी, तिनका आफन्त र अस्पतालका कर्मचारीमा निकै हल्लाखल्लाको स्थिति उत्पन्न भयो। केही क्षणमै भागदौड़ मच्चियो। अस्पताल प्रशासनले तत्काल रोगीहरूलाई सुरक्षित स्थानमा सार्ने कदम चाल्यो। त्यसै वार्ड 12 का काउन्सिलर बासुदेव घोष पनि घटनास्थलमा आइपुगेर उद्धार कार्यमा लागिपरे। खबर पाएपछि सिलगढ़ी दमकल केन्द्रबाट दुईवटा इञ्जिन र सिलगढ़ी पुलिस पनि घटनास्थलमा आइपुग्यो र निरन्तर प्रयासपछि आगो नियन्त्रणमा लिन सफल भए।
जनघनत्व अधिक रहेको क्षेत्रमा भएकाले आगलागीको खबर फैलिन साथ वरपरका धेरै वासिन्दा आत्तिँदै घर छोड़ेर सड़कमा निस्किए। यसले हाकिमपाड़ा र वरपरका सड़कमा भीषण जामको स्थिति सिर्जना भयो। स्थिति सामान्य पार्न सिलगढ़ी ट्राफिक पुलिसले तत्कालै उच्च अधिकारीहरूलाई घटनास्थलमा पठायो।

दमकल विभागको सूत्रअनुसार आगो लागलागीतो सही कारणबारे अहिलेसम्म पत्ता लागेको छैन। घटनाको विस्तृत जाँच चलिरहेको छ। प्रारम्भिक रूपमा कुनै घाइते वा मृत्युको खबर छैन। यद्यपि क्षतिको मात्राबारे अझै निर्धारण भएको छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.