सिलगढ़ी जङ्क्सनदेखि प्रत्येक शुक्रवार, शनिवार अनि आइतवार दिउँसो 12 बजी टी एण्ड टिम्बर स्पेशियल जोइराइड नामक टोय ट्रेन सञ्चालन हुने भएको छ।रेल सुकनामा छोटो विश्राम गरेपछि 1.15 बजी रङटङ पुग्नेछ जहाँ लगभग 3 घण्टा उभिनेछ। एकतर्फी भाड़ा 500 रुपियाँ अनि राउण्ड ट्रिपको भाड़ा 750 रुपियाँ तोकिएको छ। महालयाको दिन सिलगढ़ी जङ्क्सनदेखि रङटङसम्म टी एण्ड टिम्बर जोइराइड सञ्चालन भयो।
रेलमार्गमा भीड़, पसल र गाई–गोरुको कारण सुरक्षाको चुनौती रहेको रेल कर्मीले बताए। यात्रीहरूले पङ्खा, मोबाइल चार्जिङ जस्ता सुविधाहरूको अभावमा असुविधा रहेको अनुभव सुनाए। तर अधिकारीहरूअनुसार रङटङ वरिपरिका स्थान घुम्न सकिने भएकाले रेल रोकिने व्यवस्था गरिएको हो।
भविष्यमा पूर्णिमाको दिन नाइट राइड सञ्चालन गरी सुकना तथा गुल्मा चियाबारीमा विशेष कार्यक्रम गर्ने योजना छ। साथै डीएचआरले दुई सय वर्षको रेल इतिहास र महात्मा गान्धीको पदयात्रा शतवार्षिकी अवसरमा विभिन्न स्टेशनमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको छ।



