Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

भारत–नेपाल सीमाबाट फेरि एक बङ्गलादेशी युवक पक्राउ परेको छ । अवैध रूपमा तिनी भारतमा बसोवास गर्दै आइरहेको आरोप छ। नेपाल सीमाको पानी ट्याङ्कीस्थित गौरसिंहजोत क्षेत्रबाट तिनलाई एसएसबीले नियन्त्रणमा लिएर पुलिसलाई सुम्पेको हो।
एसएसबी सूत्रअनुसार पक्राउ परेका बङ्गलादेशी युवकको नाम अरुण कान्ति राय हो। तिनको घर बङ्गलादेशको लालमोनीहाटमा रहेको बताइएको छ। तीन वर्षअघि तिनी बङ्गलादेशबाट अवैध रूपमा भारत प्रवेश गरेर गौरसिंहजोत गाउँमा बस्न थालेका थिए। तिनले आफ्नो नाम परिवर्तन गरी अर्घ्य बर्मन राखेर आधार कार्ड, प्यान कार्डसहित नक्कली भारतीय कागजातसमेत बनाएका थिए।
सोमवार गोप्य सूचनाको आधारमा एसएसबीले तिनलाई नियन्त्रणमा लिएको हो। भारतीय कागजात हेर्दा शङ्का लागेपछि एसएसबी अधिकारीहरूले तिनलाई सोधपुछ गर्न आरम्भ गरे। सोधपुछको क्रममा तिनले आफू बङ्गलादेशी नागरिक भएको स्वीकार गरे। तिनीबाट बङ्गलादेशको राष्ट्रिय नागरिक परिचयपत्र पनि फेला पारिएको एसएसबीले जनाएको छ। त्यसपछि अवैध रूपमा भारतमा बसोवास गरेको आरोपमा तिनलाई नियन्त्रणमा लिएर खोरीबारी पुलिसलाई जिम्मा लगाइएको हो। खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमामा न्यायालयमा प्रस्तुत गरेको छ। तिनलाई रिमाण्डमा लिएर सम्पूर्ण घटनाको जाँच अघि बढ़ाइएको पुलिसले जनाएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.