Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पर्खालले थिचिएर शिशुहरूको मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

लगातार मुसलधारे वर्षा भइरहेको छ। त्यसकारण छिमेकीको घरको पर्खाल भत्कियो। पर्खालले थिचिँदा दुई बालक-बालिकाको मृत्यु भएको छ। यो दुर्घटना जलपाइगढ़ीको राजगञ्ज क्षेत्रमा भएको हो। मारिएका दुई बालिका अनि बालकको नाम मधुमिता मोदक (3) अनि देबायन मोदक (1.5) हो। हिजो राति मुसलधारे वर्षा भइरहँदा सिलगढ़ी कमिश्नरेट पुलिसअन्तर्गत पर्ने जलपाइगढ़ी जिल्लाको राजगञ्ज ब्लकस्थित भोरेर आलो थाना क्षेत्रको पाघालुपाड़ा इलाकामा एउटा घरको माटोको पर्खाल भत्कियो। त्यति बेला छिमेकीको घरमा दिदी–भाइ सुतिरहेका थिए। भत्किएको माटोको पर्खाल तिनीहरू सुतिरहेका कोठामा लड्दा दुवै थिचिए।
स्थानीय मानिसहरूले तुरुन्त माटोको पर्खाल हटाएर दिदी–भाइलाई उद्धार गरेर सिलगढ़ी जिल्ला अस्पताल पुऱ्याउँदा चिकित्सकहरूले तिनीहरूलाई मृत घोषणा गरे। घटनापछि क्षेत्रमा शोकको लहर फैलियो। अचानक भएको यस घटनामा सन्तान गुमाएकी आमाले भनिन्, मैले धेरैपल्ट भनेकी थिएँ कि काका यो पर्खाल मरम्मती गर्नुहोस्। आवश्यक परे भत्काइदिनुहोस्। हाम्रो कुरा तिनीहरूले ध्यान दिएनन्।

आज मेरा दुई सन्तान गए। म के गरूँ?”उता हिजो राति लगातार दुई घण्टासम्म परेको वर्षाले सिलगढ़ी शहरका विभिन्न क्षेत्रहरू जलमग्न भए। पानी पस्दा धेरै पसल–बजारहरू प्रभावित भए। जनजीवन अस्तव्यस्त भयो। सड़कमा पानी जम्दा वाहनहरूको आवतजावतमा अवरोध भयो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.