Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

विभिन्न वार्डमा पानी सर्वराह ठप्प

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी शहरका वासिन्दाहरू फेरि पानी समस्याको सामना गर्न बाध्य भएका छन्। शहरका धेरै वार्डका वासिन्दाहरूले नगरनिगमले उपलब्ध गराउने पिउने पानी दिनमा दुईपल्ट पाउन सकेका छैनन्। विशेष गरी सेवक रोड केन्द्रित वार्डहरूमा पिउने पानीको समस्या अझ गहिरिएको छ। चार दिनदेखि पिउने पानी सेवा सर्वराह ठप्प रहँदा पनि वार्ड काउन्सिलर अनि बोर्ड अधिकारीहरूले यसप्रति कुनै चासो नदेखाएका स्थानीयहरूको गुनासो छ। नगरनिगमको पिउने पानी आपूर्ति विभागका मेयर परिषद सदस्य दुलाल दत्तले समस्या रहेको स्वीकार गरेका छन्। दुलाल दत्तले भने, भुइँमुनि गाड़िएको पानीको पाइप लाइनमा केही समस्या आएको छ। साथै विद्युत् विभागले भूमिगत केबल बिछ्याउने कार्य गर्दा पनि पानीको पाइप लाइनमा क्षति पुगेको छ। पानी सेवा सामान्य पार्ने कार्य भइरहेको छ। तर वर्षाको कारण काम गर्न अप्ठ्यारो भइरहेको छ। आशा छ सोमवारभित्र सेवा पुनः सामान्य हुनेछ।
नगरनिगमका 10, 13, 14, 40, 41 अनि 42 नम्बर वार्डका अधिकांश क्षेत्रमा गत चार दिनदेखि सर्वसाधारणले पिउने पानी पाएका छैनन्। यसले गर्दा ती क्षेत्रका वासिन्दाहरू अत्यन्त समस्यामा परेका छन्। धेरैले पसलबाट पानी किनेर पिउन बाध्य भएका छन्। तर खाना पकाउनेदेखि अन्य घरेलु कामहरूमा निकै कठिनाइ भइरहेको छ। यी क्षेत्रमा धेरैजसो गरीबवर्गका मानिसहरू बसोवास गर्छन्। तिनीहरूका लागि पानी किन्नु सम्भव छैन। नगरनिगमद्वारा आपूर्ति गरिने पानी नै तिनीहरूका लागि एक मात्र भर हो। तर एक्कासि पानी सेवा बन्द भएर धेरै दिनसम्म सर्वराह पुनः आरम्भ नहुँदा सर्वसाधारण गम्भीर समस्यामा परेका छन्।
10 नम्बर वार्डका पार्षद कमल अग्रवालले पनि समस्यालाई स्वीकार गर्दै भने, कोही भन्छन् विद्युतको भूमिगत केबल राख्दा पानीको पाइप काटिएको छ अनि कोही भन्छन् गेल ग्यासको पाइप राख्दा क्षति पुगेको हो। वास्तविक कुरा के हो बुझ्न सकिरहेको छैन। तर वार्डका मानिसहरू समस्यामा छन्। मैले यसबारे सम्बन्धित मेयर परिषद सदस्यसित कुराकानी गरिसकेको छु। 13 नम्बर वार्डका पार्षद तथा मेयर परिषद सदस्य मानिक देले भने, वार्डका केही क्षेत्रमा पानीको समस्या भइरहेको छ। भूमिगत कुनै केबल बिछ्याउँदा पानीको पाइपलाइन नष्ट भएको कुरा सुनेको छु। आशा छ चाँड़ै नै मरम्मती कार्य गरी पानी सर्वराह सेवा सामान्य बनाइनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.